बालोन डि‘ओरका दाबेदार डाइकले छाने टप-५ खेलाडी, मेस्सी परे रोनाल्डो परेनन् « Khabarhub

बालोन डि‘ओरका दाबेदार डाइकले छाने टप-५ खेलाडी, मेस्सी परे रोनाल्डो परेनन्


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२०१९ को बालोन डि‘ओर अवार्डका प्रमुख दाबेदार मानिएका डच डिफेन्डर भर्जिल भान डाइकले टप–५ खेलाडी छानेका छन् । 

इंग्लिस क्लब लिभरपुलका डिफेन्डर डाइकले एक अन्तर्वार्ताका क्रममा ‘ड्रिम टिम’ छानेका हुन् ।

भान डाइकलाई आफूसहित उत्कृष्ट पाँच खेलाडी छान्न भनिएको थियो । 

उनले उत्कृष्ट पाँच खेलाडीमा अर्जेन्टिनी लिओनल मेस्सीको नाम लिँदा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम  भने लिएनन् ।

भान डाइकले गोलकिपरतर्फ लिभरपुलकै ब्राजिलियन एलिसन बेकर छान्दा डिफेन्डरमा आफैंलाइ राखे ।

त्यसैगरी, मिडफिल्डमा लिभरपुल तथा राष्ट्रिय टोलीका सहकर्मी जर्जिनियो विज्नाल्डुमको नाम लिँदा स्पेनिस बार्सिलोना तथा राष्ट्रिय टोलीका सहकर्मी फ्रेन्की डे जोङको नाम लिए ।

भान डाइकले फरवार्ड लाइनमा भने बार्सिलोनाका मेस्सीको नाम एक मात्रै फरवार्डका रूपमा लिए । यस वर्ष भान डाइकसँगै मेस्सी र रोनाल्डोलाई बालोन डि‘ओरका लागि प्रमुख उपाधि दाबेदार मानिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : ०० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार