बालोन डि‘ओरका दाबेदार डाइकले छाने टप-५ खेलाडी, मेस्सी परे रोनाल्डो परेनन् « Khabarhub

बालोन डि‘ओरका दाबेदार डाइकले छाने टप-५ खेलाडी, मेस्सी परे रोनाल्डो परेनन्


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२०१९ को बालोन डि‘ओर अवार्डका प्रमुख दाबेदार मानिएका डच डिफेन्डर भर्जिल भान डाइकले टप–५ खेलाडी छानेका छन् । 

इंग्लिस क्लब लिभरपुलका डिफेन्डर डाइकले एक अन्तर्वार्ताका क्रममा ‘ड्रिम टिम’ छानेका हुन् ।

भान डाइकलाई आफूसहित उत्कृष्ट पाँच खेलाडी छान्न भनिएको थियो । 

उनले उत्कृष्ट पाँच खेलाडीमा अर्जेन्टिनी लिओनल मेस्सीको नाम लिँदा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम  भने लिएनन् ।

भान डाइकले गोलकिपरतर्फ लिभरपुलकै ब्राजिलियन एलिसन बेकर छान्दा डिफेन्डरमा आफैंलाइ राखे ।

त्यसैगरी, मिडफिल्डमा लिभरपुल तथा राष्ट्रिय टोलीका सहकर्मी जर्जिनियो विज्नाल्डुमको नाम लिँदा स्पेनिस बार्सिलोना तथा राष्ट्रिय टोलीका सहकर्मी फ्रेन्की डे जोङको नाम लिए ।

भान डाइकले फरवार्ड लाइनमा भने बार्सिलोनाका मेस्सीको नाम एक मात्रै फरवार्डका रूपमा लिए । यस वर्ष भान डाइकसँगै मेस्सी र रोनाल्डोलाई बालोन डि‘ओरका लागि प्रमुख उपाधि दाबेदार मानिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : ०० बजे

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र संकटमा

झापा– प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक

स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आज खाद्य प्रविधि

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन– डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख

कांग्रेसद्वारा बारा सभापति राजेश राय यादव निलम्बित

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई

रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार

त्रिवेणी– रुकुम पश्चिमबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ