एउटै गोत्रमा किन विवाह गर्नु हुँदैन ? « Khabarhub

एउटै गोत्रमा किन विवाह गर्नु हुँदैन ?


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

विवाह एक पवित्र बन्धन हो, जसअन्तर्गत मानिसले नवगृहस्थ जीवनको आरम्भ गर्दछन् । वर र बधुको एकअर्काप्रतिको समर्पणभावले सुन्दर र सुखी गृहस्थ जीवनको परिभाषा पुष्टि हुन्छ ।

विवाहपछि सकारात्मक सोच, विचार र अभिव्यक्तिका साथ एकआपसको आत्मीयता रीतिस्थिति, रहनसहन, प्रेमभावले सुन्दर गृहस्थ चल्दछ ।

सुन्दर गृहस्थ जीवनका लागि एउटै वर्णमा विवाह गर्ने विधान गरिएको छ । वैदिक धर्मशास्त्रमा सगोत्रीय विवाह गर्नुहुँदैन भन्ने वचनहरु प्रशस्त रुपमा पाइन्छन् ।

एउटै गोत्रमा नाता र स्वभाव, गुण, धर्म र रगतको नाता एउटै ऋषिको रहेको हुनाले एउटै गोत्रमा विवाह गर्न निषेध गरिएको हो ।

रगतको नाता अन्तर्गत रक्त समूहभित्र बहने सगोत्रीय ऋषिको शक्ति सञ्चालित हुने भएकाले एउटै गोत्रमा विवाह गर्नुहुँदैन ।

एउटै ऋषिको सन्तानमा रगतभित्रको सूक्ष्म कोषिकामा तत्सम्बन्धित गोत्रीय ऋषिको प्रभाव रहन्छ ।

विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप, सप्तर्षिको नामले चिनिन्छन् । यसमा आठौँ ऋषि अगस्ति  हुन् । यिनै आठ ऋषिमध्येका सन्तान हौँ हामी ।

एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ, अनि उनीहरूमा रङ्ग नचिन्ने रोगसमेत लाग्नसक्छ ।

मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने तथा अनेकथरी वंशाणुगत रोग सगोत्री विवाह गर्ने जोडीबाट जन्मिएका सन्तानमा देखिन सक्छ ।

एउटै गोत्रमा विवाह गरेको खण्डमा सन्तानमा विकलाङ्ग, हिंसा, अस्थिरता, अशान्ति र दुराचारी प्रवृत्ति उत्पन्न हुन्छ । जसले समाज, धर्म, संस्कृति, मूल्य, मान्यता र परम्परालाई छिन्नभिन्न गर्दछ ।

जसका कारण समाजमा दुराचार र कुसंस्कार बढ्छ । एउटै गोत्रमा विवाह गर्न निषेध गर्नुको कारण पनि यही नै हो ।

यो वैज्ञानिक पनि रहेको छ । सन्तानको सुख, शान्ति, समृद्धि र उन्नत जीवन चाहने व्यक्तिले एउटै गोत्रमा विवाह गर्नुहुँदैन ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ४८ बजे

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र