एउटै गोत्रमा किन विवाह गर्नु हुँदैन ? | Khabarhub Khabarhub

एउटै गोत्रमा किन विवाह गर्नु हुँदैन ?


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

विवाह एक पवित्र बन्धन हो, जसअन्तर्गत मानिसले नवगृहस्थ जीवनको आरम्भ गर्दछन् । वर र बधुको एकअर्काप्रतिको समर्पणभावले सुन्दर र सुखी गृहस्थ जीवनको परिभाषा पुष्टि हुन्छ ।

विवाहपछि सकारात्मक सोच, विचार र अभिव्यक्तिका साथ एकआपसको आत्मीयता रीतिस्थिति, रहनसहन, प्रेमभावले सुन्दर गृहस्थ चल्दछ ।

सुन्दर गृहस्थ जीवनका लागि एउटै वर्णमा विवाह गर्ने विधान गरिएको छ । वैदिक धर्मशास्त्रमा सगोत्रीय विवाह गर्नुहुँदैन भन्ने वचनहरु प्रशस्त रुपमा पाइन्छन् ।

एउटै गोत्रमा नाता र स्वभाव, गुण, धर्म र रगतको नाता एउटै ऋषिको रहेको हुनाले एउटै गोत्रमा विवाह गर्न निषेध गरिएको हो ।

रगतको नाता अन्तर्गत रक्त समूहभित्र बहने सगोत्रीय ऋषिको शक्ति सञ्चालित हुने भएकाले एउटै गोत्रमा विवाह गर्नुहुँदैन ।

एउटै ऋषिको सन्तानमा रगतभित्रको सूक्ष्म कोषिकामा तत्सम्बन्धित गोत्रीय ऋषिको प्रभाव रहन्छ ।

विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप, सप्तर्षिको नामले चिनिन्छन् । यसमा आठौँ ऋषि अगस्ति  हुन् । यिनै आठ ऋषिमध्येका सन्तान हौँ हामी ।

एउटै गोत्रमा विवाह गर्ने जोडीको बच्चामा वंशाणुगत जेनेटिक रोग लाग्छ, अनि उनीहरूमा रङ्ग नचिन्ने रोगसमेत लाग्नसक्छ ।

मानसिक रोग, शारीरिक समस्या, अंगहरूको उचित विकास नहुने तथा अनेकथरी वंशाणुगत रोग सगोत्री विवाह गर्ने जोडीबाट जन्मिएका सन्तानमा देखिन सक्छ ।

एउटै गोत्रमा विवाह गरेको खण्डमा सन्तानमा विकलाङ्ग, हिंसा, अस्थिरता, अशान्ति र दुराचारी प्रवृत्ति उत्पन्न हुन्छ । जसले समाज, धर्म, संस्कृति, मूल्य, मान्यता र परम्परालाई छिन्नभिन्न गर्दछ ।

जसका कारण समाजमा दुराचार र कुसंस्कार बढ्छ । एउटै गोत्रमा विवाह गर्न निषेध गर्नुको कारण पनि यही नै हो ।

यो वैज्ञानिक पनि रहेको छ । सन्तानको सुख, शान्ति, समृद्धि र उन्नत जीवन चाहने व्यक्तिले एउटै गोत्रमा विवाह गर्नुहुँदैन ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ४८ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय