बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि « Khabarhub

बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ । 

तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । 

बुधबार ४३ हजार ५८३ पटक कारोबार हुँदा ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँको कारोबार भएको छ । 

बुधबार १९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ३ : ५५ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा