नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

सङ्खुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। 

उनलाई मंगलबार इमाडोलबाट पक्राउ गरिएको ब्युरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले बताए। उनले सामाजिक सञ्जालमा नाबालिकाको फेक आइडी बनाएका थिए।

फेक आइडी बनाएर ती नाबालिकाको तस्बिर दुरुपयोग गरी अश्लिल कमेन्टसहित आफन्त तथा साथीहरूलाई पठाएको ब्युरोले जनाएको छ। 

यसरी चरित्रहत्या गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ५० बजे

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि