चीनबाट अमेरिकातर्फ घातक लागूऔषध फेन्टानिल तस्करी गरेको आरोपमा इटालीमा ६ जना पक्राउ « Khabarhub

चीनबाट अमेरिकातर्फ घातक लागूऔषध फेन्टानिल तस्करी गरेको आरोपमा इटालीमा ६ जना पक्राउ


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रोम- चीनबाट अमेरिकातर्फ घातक लागूऔषध फेन्टानिल तस्करी गरेको आरोपमा इटालीमा ६ जना पक्राउ परेका छन् । इटालीको उत्तरी पियाचेन्जा सहरका अभियोजनकर्ताहरुले पक्राउ पर्नेमा फिन्टानिल तस्करी गर्ने गिरोहका ५१ वर्षीय नाइकेसमेत रहेको द स्ट्रेट टाइम्सले जनाएको छ । उनले चीनबाट उक्त लागूऔषध खरिद गरी अमेरिकी खरिदकर्तालाई बिक्री गर्दै आएका थिए ।

फन्टानिल तस्करी गर्ने गिरोहविरुद्धको कारवाहीका क्रममा ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपनि एक जना युक्रेनी अरोपी भने फरार रहेको जनाइएको छ ।

त्यसैगरी, अमेरिकमा पनि फन्टानिल तस्करी गर्ने गिरोहविरुद्धको कारवाहीमा अन्य ११ जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट २ केजी फन्टानिलसमेत बरामद गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्छिल्लो समय अमेरिकामा यस लागूऔषधको दुव्र्यसनबाट हुने मृत्युदर ह्वात्तै बढेको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण एवम् रोकथाम केन्द्र (सीडीसी) को तथ्यांकअनुसार सन् २०१६ देखि सन् २०२१ सम्म यस लागूऔषधका कारण हुने मृत्युदर तीन गुणाले बढेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : २२ बजे

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ