अफगान शरणार्थीहरुलाई देश निकाला नगर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह « Khabarhub

अफगान शरणार्थीहरुलाई देश निकाला नगर्न पाकिस्तानलाई एमनेस्टीको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेशनलले पाकिस्तानसमक्ष अफगान शरणार्थीहरुलाई देश निकाला नगर्न आग्रह गरेको छ ।

अफगानिस्ताको टोलो न्युजका अनुसार एमनेस्टी इन्टरनेशनलले एक विज्ञप्ति जारी गर्दै अफगान शरणार्थीहरुलाई देश निकाला र पक्राउ गर्ने कार्य तत्काल रोक्न आग्रह गरेको हो ।

अफगानिस्तानमा मानवीय संकट गहिरिँदै गएको अवस्थामा पाकिस्तानले शरणार्थीहरुलाई देश निकाला गर्न नहुने एमनेस्टीको भनाइ छ । अफगान शरणार्थीहरुको मानव अधिकारको सम्मान गर्नसमेत पाकिस्तानलाई एमनेस्टीले आग्रह गरेको छ ।

विज्ञप्तिमा देश निकालाका कारण अफगान महिला र बालिकाहरुको मानव अधिकारमा जोखिम उत्पन्न भएको जनाएको छ । ‘दशकौँदेखि पाकिस्तानमा अफगान शरणार्थीहरु बसोबास गरिरहेका छन् । पाकिस्तानको पछिल्लो निर्णयले उनीहरुलाई अफगानिस्तानमा खतरामा पार्नेछ ।’

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : २८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर