व्यवसायीलाई सहजीकरण गर्न बैंकर्स एसोसिएसनलाई गर्भनरको आग्रह « Khabarhub

व्यवसायीलाई सहजीकरण गर्न बैंकर्स एसोसिएसनलाई गर्भनरको आग्रह


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्भनर महाप्रसाद अधिकारीले उद्यम-व्यवसायको प्रवद्धनका लागि सहजीकरण गर्नुपर्ने बताएका छन् ।

बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको अन्तरक्रियामा बोल्दै गर्भनर अधिकारीले असल मनशायले व्यवसाय सञ्चालन गर्दागर्दै पनि अर्थतन्त्रको प्रतिकुल अवस्थाका कारण अफ्ठेरो परेको अवस्थामा व्यवसायीलाई सहजीकरणका लागि आग्रह गरे।

उद्योग-व्यवसाय सहज रुपमा सञ्चालन हुने वातावरण सृजना गर्न आवश्यक नीतिगत समन्वय र अभिभावकत्व ग्रहण गर्न राष्ट्र बैंक तयार रहेको उनको भनाई छ ।

बैंकबाट ऋण लिएपछि सबैले तिर्नुपर्ने भन्दै उनले कसैले तिर्दिन भन्छ वा नर्तिन उकास्छ भने त्यस्ता गतिविधिलाई बैंकिङ कसुरको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो ।

अन्तरक्रियामा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष नरेशसिंह बोहरा, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्त र नेपाल लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादव लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : ३१ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी