आज उपत्यकाका निजी विद्यालय बन्द : राजनीतिक स्वार्थको मारमा विद्यार्थी « Khabarhub

आज उपत्यकाका निजी विद्यालय बन्द : राजनीतिक स्वार्थको मारमा विद्यार्थी


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यकामा बिहीबार युवा संघ र दुर्गा प्रसाईंको आयोजनामा हुने भिन्नाभिन्नै प्रदर्शनका कारण निजी विद्यालय बन्द भएका छन्।

आयोजकले पठनपाठन अवरुद्ध नगर्ने आश्वासन दिए पनि उपत्यकाका सबै निजी विद्यालयले अभिभावकलाई सूचना पठाउँदै बालबालिका विद्यालय नपठाउन अनुरोध गरेका हुन्। सरकारी विद्यालयबारे भने काठमाडौं र ललितपुर महानगरले कुनै निर्णय गरेका छैनन् ।

प्रदर्शन आयोजकले भने प्रदर्शनले विद्यालयलाई असर नगर्ने दाबी गर्दै आएका छन्। युवा संघ र दुर्गा प्रसाईंले यस्तो दाबी गरेका हुन्। राजनीतिक स्वार्थ र दाउपेजको असर विद्यार्थीमाथि देखिएको छ । आयोजकले पढाइमा असर नपुग्ने बताए पनि विद्यालय व्यवस्थापनले जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। यसले आम विद्यार्थीको पठाइ प्रभावित गरेको छ ।

विद्यालयको पठनपाठन सुरु भइसकेपछि कार्यक्रम हुने र विद्यार्थी बोकेका गाडीलाई स्वयंसेवकहरुले पास गराउने युवा युवा संघको भनाइ छ। ‘विद्यार्थीलाई हामी डिस्टर्ब गर्दैनौं, विद्यालय कलेजका गाडीलाई हामी आफैं सुरक्षा दिएर पार गराउँछौं’ युवा संघका केन्द्रीय उपाध्यक्ष पुष्प श्रेष्ठले भने, ‘तीनकुनेमा प्रशासनले तोकेको ठाउँमा शान्तिपूर्वक कार्यक्रम हुन्छ, विद्यार्थी र सर्वसाधारणलाई असर पर्ने गरी यातायात अवरुद्ध गर्ने हाम्रो कुनै योजना छैन।’

प्रदर्शनमा मानिसहरुको संख्या बढी भएर यातायातमा केही असुविधा भए पनि तीनकुनेमा प्रशासनले तोकेकै मापदण्ड अनुसार कार्यक्रम गरिने श्रेष्ठले बताए।

एमाले निकट युवासंघ र अनेरास्ववियु लगायतका जनसंगठनले आयोजना गर्ने कार्यक्रम बिहीबार ११ बजे तय भएकाले विद्यालय जाने विद्यार्थी र कार्यालयमा जाने कर्मचारीहरु सहजै पार हुन सक्ने श्रेष्ठले दाबी गरे। उनले भने, ‘ठूलो संख्यामा मानिसहरु जम्मा हुँदा सर्वसाधारणलाई अलिकति असुविधा होला तर हामी सवारी साधन रोक्दैनौं, सर्वसाधारणलाई असर गर्दैनौं।’

बल्खुमा प्रदर्शनको तयारीमा रहेको दुर्गा प्रसाईको समूहले भने उपत्यकाका विभिन्न सात ठाउँबाट जुलुस निकालिने जनाएको छ। दुबै कार्यक्रमलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासनले आवश्यक काम नपरी बाहिर ननिस्कन भनेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ५ : ४६ बजे

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चलेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्

संक्रमणकालीन न्यायको विषय अब टुङ्ग्याउनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता

गृहमन्त्रीलाई बधाई दिन मन्त्रालयमै पुगे सहिद परिवार र जेन-जी घाइते

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् ।