कोशी र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हिमपात हुने « Khabarhub

कोशी र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हिमपात हुने


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ ।

यस्तै, राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ०६ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण