शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ « Khabarhub

शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा आज पनि सुनुवाइ


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा जारी बहस हिजो पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत अभियुक्तहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

उनीहरूले उक्त आदेश अन्यायपूर्ण भएकाले आफूहरूलाई सामान्य तारिखमा रिहा गर्न माग गरेका छन् ।

अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराध, लिखत किर्ते, सङ्गठित अपराध तथा ठगी कसुर अन्तर्गतको मुद्दा लगाइएको छ ।

नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १० : ३७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,