सिंहदरबार र संसद् कब्जा गर्ने प्रसाईंको चेतावनी « Khabarhub

सिंहदरबार र संसद् कब्जा गर्ने प्रसाईंको चेतावनी


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशमा बस्ने वातावरण नहुँदा दसैंको मुखमा पनि नेपालीहरु विदेश जान बाध्य भएको बताएका छन् ।

आज काठमाडौंको बल्खुमा गरिएको प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको शासन व्यवस्थाका कारण दसैंको मुखमा पनि देश छोड्नु परेको बताए ।

आफू यो व्यवस्थाको अन्त्य गर्न दुर्गा मातालाई साक्षी राखेर आएको भन्दै उनले मर्न तयार रहेको तर नभाग्ने बताए । प्रहरीसँग पटक–पटक झडप गरेका प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भने ‘म भाग्दिनँ । तपाईँहरुका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउँछु ।’

अहिले नेपालमा संघीयता नचाहिने भन्दै उनले आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका, लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै प्रसाईंले यहीं कारण देश टाट पल्टेको तर्क गरे ।

उनले नेपालमा विद्रोहको विरुवा रोपिएको भन्दै नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउने चेतावनी समेत दिए । सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्ने भन्दै उनले आजदेखि गणतन्त्र सकिएको र जनताको तन्त्र आएको दाबी समेत गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ५ : ४० बजे

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)