भोलि काठमाडौं बन्द गर्ने कार्यक्रम छैन : प्रसाईं « Khabarhub

भोलि काठमाडौं बन्द गर्ने कार्यक्रम छैन : प्रसाईं


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनयता काठमाडौंको जनवीजन अन्योलग्रस्त छ । मंसिर ७ गते महेश बस्नेत र दुर्गा प्रसाईंका कार्यकर्तावीच झडप हुने डरले यहाँका विद्यालय कलेजसमेत बन्द भए ।

आखिर प्रर्दशन एउटा क्षेत्रमा केन्द्रित भए पनि यातायात अवरुद्ध भएन । तर, सरकारले सुरक्षा दिनुको साटो आफैं गाडी नचलाउन उर्दी गरेका कारण मानिसहरु सडकमा कमै निस्किए । अधिकांश पसलहरु पनि खुलेनन् ।

मंसिर ७ गतेको प्रदर्शन सकिए पनि काठमाडौंबासीको ज्ञास भने कायमै छ । भोलि दुर्गा प्रसाईंले काठमाडौं बन्द गर्न लागेको वा नेपाल नै बन्द गर्न लागेको हल्ला चलेको छ ।

तर, प्रसाई आफैंले विहीबार साँझको पत्रकार सम्मेलनमा नेपाल बन्दको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै भनेका छन्, ‘भोलि काठमाडौं बन्द गर्ने हामीले भनेका छैनौं । ११ बजे भात खाने, तीनकुनेमा जाने ।’ भोलिदेखि काठमाडौंमा निरन्तर कार्यक्रम गरिने प्रसाईले बताए ।

तर, बन्दको कार्यक्रम नरहेको उनले भने । काठमाडौंबासीहरु आफैं पसल बन्द गरेर कार्यक्रम हेर्न आउन सक्ने तर आफूहरुले बन्दको कार्यक्रम नराखेको उनले बताए । नेपालमा विगतमा नेपाल बन्दका कार्यक्रमहरु हुने गरे पनि अचेल बन्द हड्ताल हुन छाडेका छन् ।

खास गरी विगतमा उज्जवल थापाको नेतृत्वमा विवेकशील पार्टीले ‘नेपाल खुल्ला छ’ भन्ने अभियान चलाएपछि नेपाल बन्द हुन छाडेको हो । कसैले नेपाल बन्दको घोषणा नै गरे पनि कामठमाडौंमा त्यसको असर पर्न छाडेको धेरै वर्ष भइसकेको छ ।

विप्लव समूहले नेपाल बन्द गर्दा पनि काठमाडौं खुल्लै रहने गरेको थियो । तर, विहीबार भने त्रासकै कारण काठमाडौंका शैक्षिक संस्था र व्यापार व्यवसाय बन्द रहे ।

यो त्रास काठमाडौंबासीमा अहिले पनि जारी छ । आन्दोलन र विरोध प्रदर्शन गर्ने खुल्ला मञ्चलाई सरकारले ताला लगाएर राखेको छ । खुल्लामञ्चमा ताला ठोकेर सडकको वीचमा कार्यक्रम गर्न दिँदा जनजीवन प्रभावित बन्ने गरेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ९ : २२ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज