बारेकोटमा अझै खुलेनन् भत्किएका ४४ विद्यालय « Khabarhub

बारेकोटमा अझै खुलेनन् भत्किएका ४४ विद्यालय


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – कात्तिक १७ गते बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालयमा अझै सञ्चालन हुनसकेका छैनन् । बारेकोट गाउँपालिका–६ धुमास्थित कक्षा ४ पढ्ने सविन चलाउने विद्यालयदेखि घरको अवस्था देख्दा बैराग लाग्ने गरेको बताउँछन् । त्रिपालमा बसिरहेका चलाउनेको घर भत्किएपछि किताब पुरिएका छन् ।

घरभित्रको सामानसमेत निकाल्न नपाएको चलाउने परिवारले अहिले खुला आकाशमा त्रिपाल टाँगेर रातदिन कटाइरहेको छ । छोराछोरीका विद्यालयको पोशाकदेखि अन्य सामग्रीसमेत घरमै पुरिएपछि एकसरो कपडामा रहेको चलाउने परिवार सरकारले निर्माण गरिदिने अस्थायी संरचनाका बारेमा रेडियोबाट समाचार सुनेपछि केही आशा पलाएको बताउँछन् । विद्यालय पनि पूरै भत्किएका कारण छोराछोरी कहाँ पढाउने भन्नेमा दोधारमा परेको प्रदीप चलाउनेले बताउनुभयो । अन्यत्र विद्यालय सञ्चालन भएर शैक्षिक काम चलिसके पनि बारेकोटमा अझै आपत्कालीन सिकाइ केन्द्र निर्माण नभएका कारण विद्यालय सञ्चालन हुनसकेको छैन ।

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक छ । विद्यालय कुनै पनि सग्लो अवस्थामा नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका विद्यालयमा युनिसेफले अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ । अन्य ठाउँका विद्यालय चर्केको भए पनि बारेकोटका सबै विद्यालय भत्केका छन् ।

बारेकोटमा मात्र ४४ विद्यालयका तीन सय १७ कक्षाकोठा ध्वस्त भएपछि विद्यालय सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष गिरीले बताए । एक सय १९ वटा शौचालयसमेत काम नलाग्ने गरी भत्किएको उहाँले जानकारी दिए । तत्काल एक सय ७३ वटा आपत्कालीन सिकाई केन्द्र निर्माण भएमा मात्र कक्षा सञ्चालन गर्न सकिने र नौ हजार आठ सय ६६ विद्यार्थी अहिले विद्यालयमा आउन नसकेको अध्यक्ष गिरीले बताए ।

दसैं–तिहारमा बन्द भएका विद्यालय हिउँदयाममा सञ्चालन हुने गरेका थिए । हिउँदमा अधिकांश पाठ्यपुस्तक पढाइ हुने समय हो । अन्य समयमा विद्यालय खुले पनि पढाइ हुने अवस्था थिएन । अस्थायीरूपमा आपत्कालीन अवस्थामा विद्यालय खुले पनि अधिकांश विद्यार्थीलाई कापी, किताब र पोशाकको आवश्यकता छ । जाजरकोटमा चार सय २३ विद्यालयमा क्षति भएको छ । भेरीमा ५५, नलगाडमा ७१ , छेडागाडमा ५३, कुशेमा ५५, शिवालयमा ४०, जुनिचाँदेमा ६५ विद्यालयमा क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ११ : ०० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर