तीन करोड वर्षदेखि धर्तीमा प्रेम छर्दैछ गुलाफ | Khabarhub Khabarhub

तीन करोड वर्षदेखि धर्तीमा प्रेम छर्दैछ गुलाफ



गुलाफ फूलको सौन्दर्यमा मोहित नहुने को होला ? पत्र पत्रमा अनेक आयाम बोकेर फक्रिएको गुलाफ देख्नासाथ मान्छेको ओठ अनायास बोल्छ- ओहो, क्या सौन्दर्य। सम्भवत : गुलाफ फूलको यही तागतले होला प्रेमी जोडीले सहयात्राको कसम यही फूल साक्षी राखेर खाने गर्छन्। विविध र मनमोहक बान्कीमा गुलाफ सबैको पहिलो रोजाइ हुन्। लाख, करोड वर्षदेखि गुलाफले प्रकृतिमा प्रेम र सौन्दर्यको उज्यालो छर्दै आएको छ। जुनसुकै मौसममा पनि आफ्नो विशिष्ट मुस्कान छर्नु गुलाफको आम विशेषता हो। त्यसैले त यो फूलहरुको राजा कहलिएको छ।

ईशा जन्मनु ६०० वर्ष पूर्व ग्रीक कवयित्री सफाले गुलाफको फूललाई ‘फूलहरुकी रानी’ भनेर आफ्नो काव्यमा प्रयोग गरेकी थिइन। कुनै प्रेमीले आफ्नी प्रेमिकालाई पहिलो भेटमा दिने बहुमूल्य सौगात नै गुलाफको फूल भएकाले ‘भ्यालेन्टाइन डे’ मा यसको अधिक उपयोग हुने गरेको छ।

गुलाफको जीवाष्मको अध्ययनबाट वैज्ञानिकले लाखौं, करोडौं वर्ष पहिले पनि गुलाफको अस्तित्व भएको अनुमान गरेका छन्। जबकी मानव अस्तित्वमा आएको दश लाख वर्ष भयो।

पैयूँ वंशको वनस्पतिमा पर्ने गुलाफको अस्तित्व मानव सभ्यताभन्दा पुरानो मानिन्छ। वनस्पति शास्त्रीहरु गुलाफ फूल तीन करोड वर्ष पहिले नै यस पृथ्वीमा रहेको र मानिसको अस्तित्व लोप भए पनि गुलाफ यस पृथ्वीबाट लोप नहुने बताउँछन्। प्राग ऐतिहासिक कालको गुलाफको जीवाष्मको अध्ययनबाट वैज्ञानिकले अझ के अनुमान गरेका छन् भने लाखौं, करोडौं वर्ष पहिले पनि गुलाफको अस्तित्व थियो। जबकी मानव अस्तित्वमा आएको दश लाख वर्ष भयो।

गुलाफको फूल मानव सम्पर्कमा आउन सबैभन्दा पहिले चीनबाट सुरु भएको मानिन्छ। ईशापूर्व २७३७ मा चीनको शोभंगवेशद्वारा गुलाफ रोप्न सुरु भएको तथ्य भेटिन्छ। गुलाफ गमलामा रोप्ने चलन चीन र सजावटको परम्परा जापानबाट सुरु भएको मानिन्छ। त्यसो त कन्फ्युसियसले ईसापूर्व ५०० मा चीनको पुस्तकालयमा उतिबेला नै गुलाफबारे लेखिएका ६ सय पुस्तक रहेको उल्लेख गरेका छन्।

 

गुलाफको फूल यति लोकप्रिय छ कि जुनकुनै देशमा पनि यसको महिमाबारे जनस्तरबाटै चर्चा भएको पाइन्छ। क्रिष्टको कनोसिस महलको पुरातत्व उत्खनन्को समयमा प्राप्त माटोको भाँडोमा गुलाफको फूलको चित्र अंकित छ। भेनिसको संस्कृतिअनुसार पाँच हजार वर्ष पहिले सुबेरियन राजा सारगोन प्रथमले सैन्य कवाजको दौरान टर्कीबाट यो फूल असाध्य राम्रो लागेर आफ्नो देश पुर्याएका थिए। भगवान गौतम बुद्धलाई पनि गुलाफको फूल असाध्य मन पर्ने वर्णन बौद्ध दर्शनमा उल्लेख छ। भारतमा गुलाफको फूल मुगल कालमै भित्रिएको थियो।

गुलाफ गमलामा रोप्ने चलन चीन र सजावटको परम्परा जापानबाट सुरु भएको मानिन्छ ।

मुगल बादशाहहरुले गुलाफको फूललाई आफ्नो बाग (बगैंचा)को शोभा ठान्दथे। जहाँगीर र नूरजहाँको गुलाफको प्रेम प्रसंगको बखान अद्वितीय छ। जहाँगीरले नूरजहाँको प्रेमको खातिर अजमेरको ह्याप्पी भ्यालीमा नूरमहल मात्र बनाएनन महलको परिसरमा गुलाफको विशाल सुन्दर बाग पनि बनाए। नूरजहाँ सधैं गुलाफ जलको कुण्डमा दैनिक डुबुल्की लगाउँथिन। त्यसको बासनाले वरिपरिको वातावरणमा गमक उत्पन्न हुन्थ्यो।

गुलाफको फूलबाट अत्तर बनाउने सोचको जन्म नूरजहाँले दिएकी थिइन। उनलाई आमा बेगम सुल्तानको मद्दतबाट गुलाफको अत्तर बनाउने काममा सफलता मिल्यो। यसरी आविष्कार गरेको अत्तरलाई ‘ईत्र ए जहाँगीर’ नाम दिइयो। स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु गुलाफ असाध्य मन पराउँथे। उनी सधैं आफ्नो कोटमा गुलाफ सिउरिन्थे। एकपटक फूलप्रदर्शनी कार्यक्रममा नेहरुले भनेका थिए– ‘म कयौं फूलहरुको प्रेमी हुँ तर विगत केही वर्षदेखि गुलाफलाई विशेष रुपले हेर्न थालेको छु।’

विश्वका सातवटा देशले गुलाफलाई राष्ट्रिय फूलको मर्यादा दिएका छन्। अनुपम सौन्दर्य मात्र होइन, आयुर्वेदिक दृष्टिले पनि उच्च कोटीको वनस्पति भएकाले यसको मान मर्यादा अविच्छिन्न रहँदै आएको हो। विश्व विजेता सिकन्दर महानले आजभन्दा तीन हजार वर्ष पहिले एशियाबाट गुलाफ युरोप पुर्याएका थिए।

गौतम बुद्धलाई पनि गुलाफको फूल असाध्य मन पर्ने वर्णन बौद्ध दर्शनमा उल्लेख छ । भारतमा मुगल बादशाहहरुले गुलाफको फूललाई आफ्नो बगैंचाको शोभा ठान्दथे ।

युरोपका हरेक देशमा खालखालका गुलाफ पाइए पनि फ्रान्समा गुलाफबाट निर्मित उच्चस्तरको अत्तरले विश्वमै ख्याती कमाएको छ। भनिन्छ, आधुनिक गुलाफको प्रयोग नेपोलियनकी प्रेमिका जोसेफिनले गरेकी थिइन। अत्तरले नुहाउने उनको सोखको अहिले पनि विश्वभर चर्चा हुने गर्छ।

प्राचीन कालमा गुलाफ महंगो सोखअन्तर्गत पर्दथ्यो। तर आज कृषि जगतमा आएको नवीनतम प्रविधिको विकासले नेपालमा उच्च वर्णशंकर जातको गुलाफ पाइन्छ। नेपालमा विदेशी प्रकारका गुलाफ सिंह शम्शेरले भित्र्याएका थिए। राणा प्रधानमन्त्री श्री ३ वीरशम्शेरले आफ्नो दरबार हातामा प्रशस्त गुलाफ रोपेका थिए। गुलाफको फूल त्यसबेला नै नागरिकका बगैंचामा पुगिसकेको थियो।

श्री ३ वीरशम्शेर गुलाफका कति सौखिन थिए भने श्री ३ रणोद्दीप शाहको हत्यापछि तात्कालीन इष्ट इण्डिया कम्पनीका महामहिम लर्ड रबर्टलाई राज्यका तर्फबाट नेपाल भ्रमणको औपचारिक निम्तो दिइएको थियो। उनको भ्रमण समयमा वीरशम्शेरले आफ्ना भाइभारदारलाई रबर्ट आउने बाटोमा गुलाफका पत्रैपत्रको बिछ्यौना बनाउन लगाएका थिए।

गुलाफको फूलबाट अत्तर बनाउने सोचको जन्म नूरजहाँले दिएकी थिइन । उनलाई आमा बेगम सुल्तानको मद्दतबाट गुलाफको अत्तर बनाउने काममा सफलता मिल्यो ।

नेपालमा जन्म, मृत्यु , स्वागत, विदाइ, बधाइलगायत अनेकानेक उत्सवमा पहिलो प्राथमिकतामा पर्ने फूल भनेकै गुलाफ हो। वनस्पति शास्त्रीहरुको मतअनुसार विश्वमा ७२ सय जातजातिका गुलाफ पाइन्छन। यी मध्ये नेपाल-भारतमा हजार प्रकारका गुलाफको बाहुल्य रहेको छ। यसमध्ये नेपालमा तीन प्रकारका जंगली रैथाने गुलाफ भेटिएका छन्। तिनमा गुलाफ रोजा म्याक्रोफिला, सेरिसिया र रोजा ब्रुनोनी हुन्।

हजारौं प्रकारका गुलाफ पाइए पनि मुख्यत पाँच प्रकारका गुलाफ हुन्छन। ती गुलाफ पलिएथा गुलाफ, लहरे गुलाफ, सानो गुलाफ र फूलखिडा गुलाफ हुन। जातअनुसार गुलाफका रंग पनि फरक हुन्छन। संसारमा गुलाफ यस्तो फूल हो, जुन सर्वाधिक रंगमा फुल्छ। गुलाफको रंगजस्तै बोटमा पनि विविधता पाइन्छ। कुनै रुखजस्ता हुन्छन त कुनै लहरे खालका, पात पनि खस्रा, चिप्ला र कुनै कुनैका त च्यातिएको डोलो आकार हुन्छन्। तर सबै गुलाफको बोट काँडायुक्त हुने गरेको पाइएको छ।

विश्व विजेता सिकन्दर महानले आजभन्दा तीन हजार वर्ष पहिले एशियाबाट गुलाफ युरोप पुर्याएका थिए ।

मुख्यतया पाँच प्रकारका गुलाफमध्ये ‘टी’ गुलाफ सर्वाधिक लोकप्रिय मानिन्छ। सानो सानो झाडीमा फुल्ने यो गुलाफ दुईरंगे पनि हुन्छ। यो विभिन्न रंगमा फुल्दछ। लहरे गुलाफलाई भित्तामा छोडिदिने हो भने यसले बेग्लै सौन्दर्यको आभा छर्छ। अंग्रेजीमा यसलाई रोजले चिनिन्छ। यो शब्द रोडबाट आएको हो। संस्कृतमा कर्णिका, शतपत्री, महाकुमारी, चारुकेशुरा आदि नामले पुकारिन्छ।

हाम्रो धार्मिक परम्पराअनुसार भाद्रको गणेश चौथीमा अनिवार्य रुपमा गणेशलाई गुलाफको फूल चढाइन्छ। यसैगरी कार्तिक शुक्लको हरिबोधनी एकादशी पूजामा दामोदर-राधाको नाम उच्चारण गरेर गुलाफको फूल चढाउने प्रचलन छ। अन्य विभिन्न पर्व र समारोहमा गुलाफको आवश्यकता महसुस गरिन्छ। भारतको अलिगढमा रहेका बगैंचा गुलाफको फूलका लागि प्रसिद्ध छ। यहाँ एक हजार एकडमा गुलाफै गुलाफको फूल लगाइएको छ।

फूलमध्ये आफैंमा निख्खरपना लिएको गुलाफ सौन्दर्यको द्योतक त यसै छ, त्यो भन्दा पनि कविको काव्यमा सबैभन्दा बढी अटेको फूल भनेकै गुलाफ हो ।

गुलाफले सौन्दर्यचेत मात्र फैल्याउँदैन, यसबाट दामीदामी अत्तर बनाइन्छ। डुमसेना रोजा जातको फूल अत्तर बनाउन सबैभन्दा उत्तम मानिन्छ। यसखाले गुलाफ फ्रान्समा अधिक पाइन्छ। यसै फूलबाट गुलाफ जल तथा गुलकन्द आयुर्वेदको महंगो औषधि पनि बन्दछ। अतः कलात्मक बनौट, आकर्षक रंग र असीम सौन्दर्यको खानी गुलाफजस्तो अर्को फूलमा शायदै पाइन्छ।

फूलमध्ये आफैंमा निख्खरपना लिएको गुलाफ सौन्दर्यको द्योतक त यसै छ नै, त्यो भन्दा पनि कविको काव्यमा सबैभन्दा बढी अटेको फूल भनेकै गुलाफ हो। कालिदासदेखि श्रीहर्ष, वाण भट्टदेखि भारवीसम्मका काव्य साधनामा फूलको तारिफ छ। गुलाफ फक्रिँदा सिंगै प्रकृति हाँसेको भान हुन्छ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ०१ बजे

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : कामको शैली फेर्नुस्, अर्को बैठकमा नतिजा चाहियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक काममा

सेन्सेईको दशैं-तिहार योजनाका विजेता बने सिन्धुलीका खत्री

काठमाडौं– सेन्सेईको दशैं तिहार र छठ पर्व योजनाअन्तर्गत बहुसंख्यक ग्राहक

नदी किनारको थप २० मिटरसम्बन्धी मापदण्ड तत्काल कार्यान्वयन नहुने

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाका खोला किनारको थप २० मिटर

कुखुरामा गम्बोरो रोगको समस्या

चितवन– व्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या देखिएको छ

रसुवागढी आयोजनाको बिजुली राष्ट्रिय प्रसारणलाइनमा

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा