सैन्य पोषाकमा देखिए क्रिकेटर धोनी, केहीदिन बटालियनमा ड्यूटी निभाउने ! « Khabarhub

सैन्य पोषाकमा देखिए क्रिकेटर धोनी, केहीदिन बटालियनमा ड्यूटी निभाउने !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय क्रिकेटका हस्ती महेन्द्र सिंह धोनी जब सैन्य पोषाकमा देखिए तब उनका फ्यानहरु निकै अचम्ममा परे ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेट किपर महेन्द्रसिंह धोनीले जम्मु कास्मिरमाका सैनिकको रुपमा काम गर्ने भएका छन्।

यसरी खेल जीवन बाहेकको पाटो थाहा पाएपछि उनका फ्यानहरु चकित भएका हुन् । सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले १०६ प्रदेशीय बटालियनमा रहेर आगामी ३१ जुलाई देखि १५ अगस्टसम्म काम गर्नेछन्। त्यहाँ रहँदा उनले गस्ती, गार्ड र पोस्टको ड्यूटी गर्नेछन्।

३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए। यसअघि प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने धोनीको चाहनालाई भारतीय स्थल सेना प्रमुख बिपिन रावतले अनुमति दिएका थिए।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : ५२ बजे

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता