गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सरसफाइ « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सरसफाइ


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

चितवन –चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सरसफाइ सुरु गरिएको छ । आज भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो ।

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लामो समयदेखि अलपत्र हुँदा काँसघारीले भरिएको थियो । तीन अर्ब लागत अनुमान गरी जनस्तरबाट सहयोग उठाएर निर्माण गर्ने गरी धुर्मुस सुन्तली फाउण्डेशनले विसं २०७५ मा क्रिकेट रङ्गशाला निर्माणको थालनी गरेको थियो ।

५० करोडभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रङ्गशालाको जिम्मेवारी सुम्पेर विसं २०७८ पुसमा कामबाट हात झिकेको थियो । त्यस यता रङ्गशाला निर्माणको काम अघि बढ्न सकेको छैन । सम्झौताभन्दा बाहिर गएर ऋण तिर्नुपर्ने देखाएपछि महानगरलाई काम अघि बढाउन कठिन भएको थियो ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रङ्गशाला बनाउने निर्णय गरेका छन् । यससँगै नेपाल सरकारले उक्त रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरेको छ । सरकारका तीन वटै निकायले रङ्गशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रङ्गशालामा सरसफाइ अभियान सुरु गरिएको हो ।

सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियानकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीलगायतको उपस्थिति रहेको थियो ।

सरसफाइ अभियानमा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रङ्गशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् । उनले राष्ट्रिय गौरवमा परेपछि अब बजेट अभाव नहुने र रङ्गशाला निर्माणलाई तीव्रता दिन महानगरपालिकाले आफ्नोतर्फबाट सम्पूर्ण शक्ति लगाउने बताइन् ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब हामी स्थानीय सरकार र स्थानीयले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताए । रङ्गशाला निर्माणमा जोडिनु भएका बागमती प्रदेश सभाका पूर्व प्रदेशसभा सदस्य विजय सुवेदीले रङ्गशाला निर्माण सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनुपर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि गरिरहने गरी काम अघि बढाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ३२ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा