पूर्वराजा शाहले आज झापामा सम्बोधन गर्ने   « Khabarhub

पूर्वराजा शाहले आज झापामा सम्बोधन गर्ने  


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले आज सम्बोधन गर्ने भएका छन् ।

शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने क्रममा सम्बोधन गर्न लागेका हुन् ।

बिर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा शाह सालिक अनावरणका लागि हिजै झापा पुगेका छन् । 

उनी हिजो मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा बास बसेका छन् । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटाको हो । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् ।

काठमाडौंमा दुर्गा प्रसाईंलगायत राजावादीहरूको आन्दोलन चलिरहँदा पूर्वराजा शाहको झापा भ्रमणलाई महत्वका साथ हेरिएको छ । यद्यपि पूर्वराजा झापा जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो । 

यो पनि पढ्नुहोस् :

‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास

पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : ४८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६