चलचित्र ‘फर्की–फर्की’ को शुभमुहूर्त « Khabarhub

चलचित्र ‘फर्की–फर्की’ को शुभमुहूर्त


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कथानक चलचित्र  ‘फर्की फर्की’ को ललितपुरको बगलामुखी मन्दिरमा शुभमुहूर्त भएको छ ।

अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनय रहने चलचित्रको छायंकन भने मङ्सिर ११ गतेदेखि सुरु हुनेछ ।

कार्यक्रममा अभिनेता केसीले चलचित्र ‘फर्की फर्की’ मा  प्रेममा आएको नयाँपनलाई प्रस्तुत गरिएको जानकारी दिए ।

प्रेम कथामा आधारित चलचित्रको निर्देशन सुयोग गुरुङले गर्ने भएका छन् । कार्यक्रममा अभिनेता केसीलाई सुहाउँदो तर नयाँ भूमिकामा प्रस्तुत गरिने उनले जानकारी दिए । उनले भने, ‘युवापुस्ताले खोजिरहेको विषयमा उनीहरूकै प्रिय कलाकारलाई लिएर चलचित्र तयार गर्दैछु । यसले प्रेमको नयाँ व्याख्या पनि प्रस्तुत गर्नेछ ।’

चलचित्रमा अभिनेता केसीसँगै कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारले अभिनय गर्नेछन् ।

रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा निर्देशक गुरुङको लेखन, नरेन्द्र मैनालीको छायाङ्कन र अष्ट महर्जनको द्वन्द्व निर्देशन हुनेछ भने शंकर पाण्डे प्रोडक्सन हेडको जिम्मेवारी पाएका छन् । त्यसैगरी किरण थापाले नृत्य निर्देशन, निमेष श्रेष्ठले सम्पादन गर्नेछन् ।

चलचित्रको छायाङ्कन पोखरा, मनाङ, काठमाडौं, अन्नपूर्ण आधार शिविर र इन्डोनेसियाको बालीमा हुने निर्माता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ५६ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको