गाजाबाट १२ थाई बन्धक रिहा : थाई प्रधानमन्त्री « Khabarhub

गाजाबाट १२ थाई बन्धक रिहा : थाई प्रधानमन्त्री


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- गाजा पट्टीमा बन्धक बनाइएका १२ जना थाई नागरिकलाई रिहा गरिएको थाई प्रधानमन्त्री श्रेथा थाभिसिनले शुक्रबार बताएका छन् । थाई दूतावासका अधिकारी रिहा गरिएका बन्धकहरूलाई लिनको लागि बाटोमा रहेको  प्रधानमन्त्री श्रेथा थाभिसिनल सामाजिक सञ्जाल पोस्टमार्फत उल्लेख गरेका छन् ।

बन्धकहरू इजरायल प्रवेश गरेको तथा उनीहरुलाई हाल हात्जेरिम एयर फोर्स बेसमा प्रशोधन केन्द्रमा लगिएको थाई विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत बताएका छन् ।

रिहा गरिएका बन्धकहरूलाई उनीहरूको मेडिकल सुविधामा आइपुगेपछि सहयोग गरिनेछ जहाँ उनीहरूलाई ४८ घण्टाको मेडिकल सुपरिवेक्षणमा राखिनेछ र बाहिरका मानिसहरूको पहुँच हुनेछैन, विज्ञप्तिमा भनिएको छ ।

हमास र इजरायलले यस हप्ताको सुरुमा गाजापट्टीमा चार दिनको युद्धबिराममा सहमति जनाएका थिए । सम्झौता अन्तर्गत हमासले इजरायलमा बन्दी रहेका एक सय ५० प्यालेस्टिनी बन्दीहरूको बदलामा गाजाबाट कम्तीमा ५० जना बन्धकहरूलाई रिहा गर्ने छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ०४ बजे

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी

साउनको तेस्रो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं – यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले