बाँकेमा किसानको धान खरिद गर्न सुरु « Khabarhub

बाँकेमा किसानको धान खरिद गर्न सुरु


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

बाँके– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले किसानले उत्पादन गरेको धान खरिद सुरु गरेको छ । कम्पनीको प्राङ्गणमा आज धान बिक्री गर्न आउनुभएका पहिलो किसान बाँके जानकी गाउँपालिका–५ का रुपबहादुर कार्कीलाई अबिर र फूलमालाले स्वागत गरेर धान खरिद सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।

प्रमुख लामिछानेका अनुसार पालिकाको सिफारिस लिएर आउनुभएका किसानको धान परीक्षण गरेर एकजना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न सुरु गरिएको छ । आज दिनभर छ जनाले दुई सय ३० क्विन्टल धान खरिद गरेका छन् । यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गर्न लागिएको कार्यालयले जनाएको छ ।

प्रमुख लामिछानेले भने, ‘पालिकाको सिफारिस लिएर आउने किसानलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर किसानले दुःख पाउने अवस्था हुनेछैन ।’ गैरकिसानले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको छ ।

कम्पनीले सरकारले निर्धारण गरेको मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ मा धान खरिद गरेको हो ।

यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने कम्पनीले जनाएको छ । गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा नौ हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : १८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ