दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा | Khabarhub Khabarhub

दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सोल- छिमेकी उत्तर कोरियाको आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले राजीनामा दिएका छन् । दक्षिण कोरियाली गुप्तचर सेवाका निर्देशक किम क्यु ह्युनले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार संस्थाले जनाएको छ ।

राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गरेको योन्हापले उल्लेख गरेको छ । एनआइएसका अन्य दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् ।

स्थानीय मिडिया रिपोर्टहरूका अनुसार यस वर्षको जुनदेखि गुप्तर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दाहरूसँग ती राजीनामा जोडिएको देखिन्छ । उत्तर कोरियाले उसको हतियार कार्यक्रमहरूको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको दाबी गरेपछि यो परिवर्तन आएको हो ।

पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किमलाई युनको चुनाव विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो । योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआइएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले बताएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ४ : ०० बजे

माओवादी बलियो भए सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड

पुनर्वास– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिको पक्ष र विपक्षमा देशव्यापी प्रदर्शन

सियोल– दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको

‘अराजकताविरुद्ध सरकार कठोर निर्णय गर्नेछ’

दमक– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका

सन् २०२४ मा असुरक्षित सलमान, के-के भयो बलिउडमा ?

काठमाडौं – वर्षको अन्तिमसम्म आइपुग्दा एक हजार ४७६ भन्दा बढी

सशस्त्र प्रहरीमा ‘ग्रासरुट’ फुटबल प्रशिक्षण

काठमाडौं – दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ