पोर्चुगल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

पोर्चुगल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोर्चुगल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–३ घर भइ हाल काठमाडौंको गोंगबु बस्ने ३९ वर्षीय निमराज डाँगी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

पोर्चुगलको प्रतिष्ठित होटेलमा काम लगाइदिन्छु, १६ लाख रुपैयाँ लाग्छ, त्यहाँ मासिक २० हजार रुपैयाँ तलब हुन्छ भन्दै उनले जोनसन श्रेष्ठसँग १० लाख रुपैयाँ ठगी गरेका थिए ।

प्रहरीका अनुसार १० लाख रुपैयाँ लगिसकेपछि उनी सम्पर्कविहीन भएका थिए ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : १८ बजे

पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट

पाल्पा- लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे

चितवनमा सोमबारदेखि मौरी सम्मेल हुँदै

चितवन– मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तर्राष्ट्रियस्तरमा बहस गर्न

दश बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘बागलुङ मिडिया मेला’

बागलुङ– नेपाल पत्रकार महासङ्घ बागलुङद्वारा आयोजित ‘बागलुङ मिडिया मेला’ १०

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान सूचीकरण गर्ने

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका