स्किल सेवाले घर निर्माणसम्बन्धी निशुल्क प्राविधिक परामर्श दिने | Khabarhub Khabarhub

स्किल सेवाले घर निर्माणसम्बन्धी निशुल्क प्राविधिक परामर्श दिने


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरसँग सम्बन्धित सेवा दिँदै आएको स्किल सेवाले घर निर्माणसम्बन्धी निशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्ने भएको छ । विगत ५ वर्षदेखि घर र घरका समस्याहरूको स्रोत पहिचान र समस्या समाधानमा काम गर्दै अइरहेको यस कम्पनीले सामाजिक उत्तरदायित्व स्वरूप निशुल्क परामर्श कार्यक्रमको अयोजन गरिएको हो ।

कम्पनीले आफ्ना ३ शाखाबाट ४० हजारभन्दा धेरै समस्या भएका घरहरूमा अफ्ना सेवा प्रदान गरिसकेपछि, समस्या रहित घर के कसरी निर्माण गर्न सकिन्छ, घर बनाउनुपूर्व के कस्ता कुरामा ध्यान दिने, अवश्यक कागजात र प्रक्रियाहरू समेतको विस्तृत जानकारी दिने गरी परामर्श कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

हरेक हप्ताको शनिबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म कम्पनीको मुख्य कार्यालयमा  निशुल्क परामर्श कार्यक्रम हुने कम्पनीका प्रमुख कार्यकारी रमेश तिमिल्सिनाले बताए । पोखरा, चितवन र बुटवलबाट समेत सेवा दिँदै आएको स्किल सेवाले यस कार्यक्रममार्फत् सर्वसाधारणलाई घर बनाउँदा कसरी समस्यारहित, दिगो, सुरक्षित बनाउने भन्नेबारे विशेष परामर्श दिन लागेको जानकारी दिएको छ ।

घर बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, निर्माणका क्रममा हुने कमी कमजोरी एवम् प्रक्रियागत त्रुटिका बारेमा ध्यान नदिँदा घरमा विभिन्न किसिमका जोखिम आउने, अफनो लगानी समेत खेर जान सक्ने र निर्माण पश्चात सहजै बिक्री समेत नहुने गरेको उनको भनाइ छ। यसका लागि घर निर्माण गर्नुअघि प्राविधिकको परामर्श लिनु उचित हुने उनले बताए ।

जग्गा छनौट, नक्सा पास, निर्माणकार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक रहेको उनले जानकारी दिए । जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर बनेको केही महिना नबित्दै घरमा सिपेज, भित्ता चर्किने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेकाले यसबारे उपभोक्तालाई विस्तृत जानकारी तथा परामर्श दिन लागेको तिमिल्सिनाको भनाइ छ ।

उनले घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरिरहेकाहरुले यस कार्यक्रमबाट फाइदा लिन सक्ने पनि जानकारी दिए । रमेशले भने, ‘प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो घर निर्माण गर्न सक्छौं । साथसाथै प्रक्रियागत त्रुटिसमेत नहुने भएकाले समस्यारहित घर निर्माण गर्न सकिन्छ ।

यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ । यस कार्यक्रमको लाभ लिन चाहने घरधनीहरूले हरेक हप्ताको बिहीबार अगावै कम्पनीको वेबसाइट अथवा सम्पर्क नम्बरमा सम्पर्क गरी समय लिन सक्नेछन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ३६ बजे

शेख हसिनालाई मृत्युदण्डको फैसलाले दबाबमा भारत, फिर्ता पठाउला बंगलादेश ?

नयाँदिल्ली- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी)

रात्रि खेलमा रमाउँदै क्रिकेट प्रेमी (तस्बिरहरू)

काठमाडौं– नेपालमा पहिलो पटक क्रिकेट प्रेमीहरुले रात्रिकालीन क्रिकेटको मजा लिन

बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा

उत्कृष्ट करदाताहरू सम्मानित

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’

पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका