हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १७ हजार बढीको आवेदन « Khabarhub

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १७ हजार बढीको आवेदन


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा छैटौं दिनसम्म ५० प्रतिशतभन्दा बढीको आवेदन परेको छ । आइतबारसाँझ ५ बजेसम्ममा ३२ करोड २० लाख बढीको खरीद आवेदन परेको । सीडीएसले जनाएको हो ।

कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा आइतबारसम्ममा १७ हजार ६८५ जना आवेदकले १५ लाख ६३ हजार १९० कित्ता खरिदका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेका थियो । आइतबार कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निष्काशन खुलाएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारी अन्तर्गत रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

पहिलो चरणमा खुलाइएको निस्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । पहिलो चरणमा श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ । यसपछि सर्वसाधारणमा आईपीओ खुला हुनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : २४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल