हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १७ हजार बढीको आवेदन « Khabarhub

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा १७ हजार बढीको आवेदन


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा छैटौं दिनसम्म ५० प्रतिशतभन्दा बढीको आवेदन परेको छ । आइतबारसाँझ ५ बजेसम्ममा ३२ करोड २० लाख बढीको खरीद आवेदन परेको । सीडीएसले जनाएको हो ।

कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा आइतबारसम्ममा १७ हजार ६८५ जना आवेदकले १५ लाख ६३ हजार १९० कित्ता खरिदका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेका थियो । आइतबार कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निष्काशन खुलाएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारी अन्तर्गत रोजगारीमा रहेका नेपाली श्रमिकका लागि ३० लाख कित्ता, आफ्ना कर्मचारीका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ ।

पहिलो चरणमा खुलाइएको निस्काशनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् । पहिलो चरणमा श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपीओमा मंसिर १८ गतेसम्म लागी ‘मेरो शेयर’ अनलाइन, आस्वा सदस्य बैंक वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने जनाइएको छ । यसपछि सर्वसाधारणमा आईपीओ खुला हुनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : २४ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ