अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित « Khabarhub

अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ । भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । जितसँगै पाँच खेलको टि२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २५ बलमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै कप्तान म्याथ्यु वेड ४२, टिम डेविडले ३७, जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रन बनाए ।

बलिङतर्फ भारतका रवि विश्रोई र प्रसिद्ध कृष्णा ३/३ विकेट लिए । त्यस्तै अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एक/एक विकेट लिए ।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।

भारतका लागि ओपनर रितुराज गायकवाडले ४३ बलमा ५८ रन बनाए । अर्का ओपनर यशस्वी जैसवालले २५ बलमा ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यस्तै इशान किशनले ५२, रिंकु सिँहले ३१, सुर्यकुमार यादवले १९, तिलक बर्माले ७ रन बनाए ।

अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए । मार्कस स्टोइनिसले १ विकेट लिए । पहिलो खेलमा भारत २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ११ : २१ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।