नेपाल सुपर लिग : आज झापा र इलाम एफसी खेल्ने « Khabarhub

नेपाल सुपर लिग : आज झापा र इलाम एफसी खेल्ने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणअन्तर्गत आज झापा एफसीस्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा इलामले आज दोस्रो खेल खेल्न लागेको हो भने झापा पहिलो खेल खेल्दैछ । इलाम उद्घाटन खेलमा काठमाडौँसँग पराजित भएको थियो । प्रतियोगितामा दुवै टोली नवप्रवेशी हुन् ।

शुक्रबारबाट सुरु भएको खेलमा ९ टोली सहभागी छन् । जसमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसी छन् ।

हिजोसम्म भएका खेलमा साविक विजेता काठमाडौँ, साविक उपविजेता धनगढी एफसी, ललितपुर र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन् । 

प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : १६ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण