कुण्डलीअनुसार विवाहको योग कसरी बन्छ ? | Khabarhub Khabarhub

कुण्डलीअनुसार विवाहको योग कसरी बन्छ ?


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा मंसिर महिनालाई विवाह लग्नको महिनाको रुपमा लिइन्छ । यो उमेर पुगेका युवायुवतीबीच मायाको लगनगाँठो कस्ने महिनामध्येको एक हो ।

विवाह व्यक्तिको स्वभाव र रुचि, संस्कृतिमा मात्र नभइ कुण्डली अनुसारको ग्रहदशामा पनि निर्भर रहन्छ भन्ने शास्त्रीय मान्यता छ ।

ज्योतिषशास्त्रको मान्यताअनुसार ग्रह नै व्यक्तिको जीवनमा कारक बन्दछ । जसमा व्यक्तिको कुण्डली अनुसार एक भन्दा बढी विवाहको योग बन्न पुग्दछ

यो योग महिला तथा पुरुष दुवैका लागि बनेको हुन्छ । पहिले विवाह भइसकेको पुरुष वा महिलाको पत्नि वा पतिको निधनपछि हुने विवाह पनि यही कुण्डली र ग्रहदशा अनुसार नै हुने गर्दछ । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रूपमा विश्वास गरिन्छ ।

कस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने योग हुन्छ  ?

ज्योतिष शास्त्रको मान्यताअनुसार जुन व्यक्तिको कुण्डलीमा चन्द्र अथवा शुक्र एकै भावमा रहन्छन् र उसको अवस्था बलियो हुन्छ भने त्यस्ता व्यक्तिको एकभन्दा बढी विवाह हुनसक्छ ।

यसका साथै कुण्डलीको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा विराजमान हुन्छ भने यस्ता व्यक्तिको एक भन्दा बढी पति वा पत्नी हुन सक्छन् ।

कुण्डलीमा सप्तमेश भावमा शनि विराजमान हुन्छ र त्यो कुनै पाप गृहबाट प्रभावित हुन्छ भने पनि यस किसिमका व्यक्तिको बहुविवाह हुने योग हुन्छ ।

कसैको कुण्डलीको लग्न एक उच्च गृह राशिमा हुन्छ भने बहुविवाह हुने सम्भावना रहन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २८ बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ