गौशालामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार « Khabarhub

गौशालामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले काठमाडौंको गौशालामा प्रदर्शन गर्ने क्रममा झडप भएको छ ।

अभियानलाई साथ दिँदै धर्मगुरु परिवार नेपालले गौशाला चोकमा आयोजना गरेको सभाका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

प्रदर्शनकारीले सडक अवरुद्ध गरेर सभा आयोजना गरेको थियो । प्रहरीले सडक सूचारु गर्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

सभामा नागरिक बचाऊ अभियानका संयोजक प्रसाईं समेत पुगेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । त्यसअघि सभामा श्रीनिवास आचार्यलगायतले आन्दोलन चर्काउनुपर्ने भन्दै उत्तेजक भाषण दिएका थिए । उत्तेजक भाषण दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यो पनि हेर्नुहोस्-

गौशालाबाट आचार्य श्रीनिवास पक्राउ

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : २२ बजे

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको

चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने

काठमाडौं- चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन-जी सहिद