मोरङ व्यापार संघले एक्स्पो आयोजना गर्ने « Khabarhub

मोरङ व्यापार संघले एक्स्पो आयोजना गर्ने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङ व्यापार संघको आयोजनामा पौष ६ गते देखि १६ गतेसम्म विराटनगरमा मोरङ व्यापार संघ एक्स्पो २०२३ आयोजना हुने भएको छ ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघले अन्तराष्ट्र्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले प्रदर्शनीले केही मात्रामा भएपनि बजार चलायमान हुने बताए ।

अध्यक्ष रिजालले औद्योगिक क्षेत्रमा भइरहेको नवीनतम प्रविधिको प्रयोगबारे जानकारी गराउन, कृषि क्षेत्रको व्यवसायीकरण गर्न तथा उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिए ।

सो प्रदर्शनी करिब ४ लाख दर्शकहरुले अवलोकन गर्ने र करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अध्यक्ष रिजालले बताए । १० दिनसम्म आयोजना हुने सो कृषि तथा औद्योगिक अन्तर्रााष्ट्र्रिय प्रदर्शनीमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका २ सय ५० वटा स्टलहरु राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ३४ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी