नियमित बाहेकका बैठकमा कर्मचारीलाई अतिरिक्त सुविधा भएन : सभामुख « Khabarhub

नियमित बाहेकका बैठकमा कर्मचारीलाई अतिरिक्त सुविधा भएन : सभामुख


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्न सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको दाबी गरेका छन् ।

संसदीय समितिका सभापतिसँग सिंहदरबारमा आयोजित छलफलमा बोल्दै सभामुख घिमिरेले नियमित बाहेकको समयमा संसदीय समितिको बैठक राख्दा कर्मचारीलाई अतिरिक्त सुविधा नदिएको गुनासो आइरहेको तर्क गरे ।

सांसदहरूले निर्वाचन क्षेत्रबाट समिति र संसद् बैठकमा आउनका लागि भाडा खोज्ने प्रवृत्ति बढेको भन्दै उनले जिम्मेवारी र दायित्वप्रति गम्भीर हुनुपर्ने बताए ।

संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै उनले आवश्यक समिति सभापतिले समन्वय गर्नुपर्ने बताए ।

सभामुख घिमिरेले कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न समिति सभापतिलाई निर्देशन दिए ।

 

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : २४ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन