एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ विदेश विभाग उपमन्त्री सुनबीच भेट « Khabarhub

एमाले उपमहासचिव ज्ञवाली र चिनियाँ विदेश विभाग उपमन्त्री सुनबीच भेट


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभाग उपमन्त्री सुन हाइयानबीच आज बेइजिङमा भेटवार्ता भएको छ ।

भेटमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा उपमन्त्री सुनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबीच महत्वपूर्ण सम्झौता भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरिन ।

सोही समयमा नेपाल–चीनबिचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोन्नति भएको उल्लेख ज्ञवालीले विगतका सहमति तथा सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका थिए ।

भेटमा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालका साथै चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण