तनहुँ अमेरिका सोसाइटीद्वारा भूकम्पप्रभावित बालबालिकालाई सहयोग | Khabarhub Khabarhub

तनहुँ अमेरिका सोसाइटीद्वारा भूकम्पप्रभावित बालबालिकालाई सहयोग


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ अमेरिका सोसाइटीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडित बालबालिकालाई न्यानो कपडा वितरण गर्न आर्थिक सहयोग गरेको छ ।

सोसाइटीले तनहुँ घर भई हाल अमेरिकामा रोजगारीमा रहेका नेपालीबाट सङ्कलित रु तीन लाख ६० हजार (दुई हजार सात सय ३३ डलर) प्रदान गरेको हो । न्यानो कपडा खरिद गरी वितरण गर्नका लागि उक्त रकम पठाइएको सोसाइटीका अध्यक्ष किरण पन्तले जानकारी दिए।

सोसाइटीले सञ्चालन गरेको रकम सङ्कलनका लागि अन्तर्राष्ट्रिय तनहुँ अमेरिका समाजले समन्वय गरेको समाजका अध्यक्ष राजन त्रिपाठीले बताए । उनकाअनुसार अन्य देशमा रहेका नेपालीसँग रकम समन्वय गरी सहयोग गर्न अनुरोध गरिएको छ ।

भूकम्पप्रभावित स्थानमा स्वयंसेवकको रुपमा कार्यरत कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा अरुयाराज कुँवरमार्फत बालबालिकालाई न्यानो कपडा वितरण गर्न सरकारी निकायसँग समन्वय गरी वितरण गर्न आग्रह गरिएको सोसाइटीका महासचिव अनिल गोदारले जानकारी दिए।

सोसाइटीका प्रमुख संरक्षक प्रेमराजा महतले तनहुँ र मातृभूमिसँग सधैँ जोडिनका लागि विभिन्न कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै तनहुँका विदेशमा रहेका नेपालीसँग काम गर्न आतुर रहेको बताए। अर्का संरक्षक कृष्णजीवी पन्थ, कोषाध्यक्ष अनिता रानालगायतले सङ्कलित रकमबाट बालबालिकाका निम्ति न्यानो कपडा खरिद गरी भूकम्प प्रभावित क्षेत्र पु¥याई वास्तविक प्रभावित बालबालिकालाई प्रदान गर्न सुझाव दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : ४९ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी