इजरायल–गाजा युद्धविराम दुई दिन लम्बियो, हालसम्म ६९ बन्दी मुक्त, विपिनको पालो कहिले आउँछ ? « Khabarhub

इजरायल–गाजा युद्धविराम दुई दिन लम्बियो, हालसम्म ६९ बन्दी मुक्त, विपिनको पालो कहिले आउँछ ?


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कतारको मध्यस्थतामा इजरायल र हमासबीचको युद्धविराम दुई दिनका लागि लम्बिएको छ ।

सफलतापूर्वक एक सम्झौता वार्तापछि दोहाको विदेश मन्त्रालयका प्रवक्ताले दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्बाउने सहमति भएको जानकारी दिए ।

इजरायल–गाजा सहमतिअनुसार गाजाले आज र भोलि कम्तिमा १०–१० जना बन्दीलाई मुक्त गर्नेछ भने इजरायलले कम्तिमा ३०–३० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

युद्धविराम विस्तारको तत्काल इजरायली पुष्टि नभएपनि हमासले एक विज्ञप्ति जारी गरी यसको पुष्टि गर्दै कतार र इजिप्टको मध्यस्थता प्रयासलाई जिम्मेवार ठहराएको छ।

सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । जसमा युद्धविराम पछिको पहिलो दिन गत शुक्रबार हमासले २४, शनिबार १७, आइतबार १७ र सोमबार ११ गरि ६९ जनालाई रिहा गरेको छ ।

यस्तैऽ इजरायलले चार दिनमा १५० जना प्यालेस्टाइनीलाई रिहा गरिसकेको छ । दुवैतर्फबाट छाडिएकामा सबैभन्दा बढी महिला र बालबालिका छन् ।

गत अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि एक्कासि आक्रमण गरेको थियो । सो आक्रमणपछि हमास समूहले विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपहरणपछि बन्धक बनाएको थियो । जसमा नेपालका विपिन जोशी पनि रहेका छन् ।

चार दिनको युद्धविराममा विपिन छुट्ने आशा गरिएको भए पनि उनको अवस्था अझै अज्ञात रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १० : ०४ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार