इजरायल–गाजा युद्धविराम दुई दिन लम्बियो, हालसम्म ६९ बन्दी मुक्त, विपिनको पालो कहिले आउँछ ? | Khabarhub Khabarhub

इजरायल–गाजा युद्धविराम दुई दिन लम्बियो, हालसम्म ६९ बन्दी मुक्त, विपिनको पालो कहिले आउँछ ?


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कतारको मध्यस्थतामा इजरायल र हमासबीचको युद्धविराम दुई दिनका लागि लम्बिएको छ ।

सफलतापूर्वक एक सम्झौता वार्तापछि दोहाको विदेश मन्त्रालयका प्रवक्ताले दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्बाउने सहमति भएको जानकारी दिए ।

इजरायल–गाजा सहमतिअनुसार गाजाले आज र भोलि कम्तिमा १०–१० जना बन्दीलाई मुक्त गर्नेछ भने इजरायलले कम्तिमा ३०–३० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

युद्धविराम विस्तारको तत्काल इजरायली पुष्टि नभएपनि हमासले एक विज्ञप्ति जारी गरी यसको पुष्टि गर्दै कतार र इजिप्टको मध्यस्थता प्रयासलाई जिम्मेवार ठहराएको छ।

सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । जसमा युद्धविराम पछिको पहिलो दिन गत शुक्रबार हमासले २४, शनिबार १७, आइतबार १७ र सोमबार ११ गरि ६९ जनालाई रिहा गरेको छ ।

यस्तैऽ इजरायलले चार दिनमा १५० जना प्यालेस्टाइनीलाई रिहा गरिसकेको छ । दुवैतर्फबाट छाडिएकामा सबैभन्दा बढी महिला र बालबालिका छन् ।

गत अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि एक्कासि आक्रमण गरेको थियो । सो आक्रमणपछि हमास समूहले विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपहरणपछि बन्धक बनाएको थियो । जसमा नेपालका विपिन जोशी पनि रहेका छन् ।

चार दिनको युद्धविराममा विपिन छुट्ने आशा गरिएको भए पनि उनको अवस्था अझै अज्ञात रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १० : ०४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित