तरकारी व्यापारमा गुन्डागर्दी गर्नेलाई नछाडनुहोस्– मन्त्री खनाल « Khabarhub

तरकारी व्यापारमा गुन्डागर्दी गर्नेलाई नछाडनुहोस्– मन्त्री खनाल


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंछी मन्त्री चत्रमाणि खनालले तरकारी व्यापारमा गुन्डागर्दी गर्ने कसैलाई नछाडन् कर्मचारीलाई निर्देशक दिएका छन् ।

देशभरका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखहलाई आइतवार मन्त्रालयमा बोलाएर मन्त्री खनालले यस्तो निर्देशन दिएका हुन् ।

कृषि मन्त्रालय अन्त‍रगतका सबै निकायसँग भएको छलफलमा मन्त्री खनालले यो क्षेत्रका बिचौलिया अन्त्य गर्ने जस्तोसुकै कदम चल्न पछि नपर्ने बताएका छन् ।

‘तरकारी व्यापारका नाममा गुण्डागर्दी गर्नेलाई छोड्दै नछोड्नुस । कृषि मन्त्रीको हवला दिएर आउनेको काम त झन गर्दै नगर्नुस् ’ मन्त्री खनालले भने, ‘जनताको काममा सहज बनिदिनुस् । अहिले हामीसँग भएका ल्यावलाइ राम्रोसँग चलायौं भने विषादी जाँच गर्न समस्या हुन्न । अरु दुई तीनवटा ल्याव राखिन्छ । चेकजाँच निरन्तर हुन्छ । त्यो आयातितमा मात्र होइन स्वदेशमा उत्पादन भएको उपजमा पनि निरन्तरता दिइन्छ ।’

पशु पन्छी विभागका सचीव प्रकाश माथेमाले सबै तिर समान समस्या रहेको भन्दै त्यस्का लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधान गर्नु पर्ने धारण राखेका थिए ।

पशुपन्छी तर्फ ८ वटा क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन् भने कृषि तर्फ १५ वटा क्वारेन्टाइन कार्यालय छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : २६ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न