अचम्म ! जहाँ गर्भधारण गर्न हाकिमको ईजाजत लिनुपर्छ « Khabarhub

अचम्म ! जहाँ गर्भधारण गर्न हाकिमको ईजाजत लिनुपर्छ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- गर्भधारणका लागि समेत हाकिमसँग ईजाजत लिनुपर्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर नपत्याई सुख नै छैन । प्रसङ्ग जापानको हो ।

समाचार माध्यमहरुले जनाए अनुसार जापानको एक कम्पनीका हाकिले आफ्नो कार्यालयमा काम गर्ने एक जना महिला कर्मचारीलाई आफूलाई जनाकारी नै नदिई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा भएको छ ।

यतिमात्र होइन त्यो कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीहरुलाई समेत इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न समेत आदेश दिएको छ ।

समाचारमा उल्लेख भए अनुसार, कम्पनीको आदेशलाई पालना गरि पालैपालो गर्भाधारण गर्नेहो भने त्यहाँ कार्यरत महिला कर्मचारीमध्ये एकजनाले बच्चा जन्माउनका लागि ३५ वर्षको उमेरसम्म कुर्नुपर्ने देखिएको छ ।

अहिले त्यो कम्पनीमा काम गर्ने महिला कर्मचारीहरुले बच्चा जन्माउनका लागि हाकिमको अनुमति लिनुपर्ने कुरा अघोषित कानून जस्तै बनाइएको बताइएको छ ।

अझ अनौठो कुरा के छ भने त्यहाँ बच्चा जन्माउँदा मात्र होइन, अविवाहित महिला कर्मचारीले बिहे गर्नुपर्दा समेत हाकिमलाई जानकारी गराउनुपर्छ । अन्यथा विहे गर्न समेत पाइदैन ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : ५९ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ