भ्रष्टाचार रोक्न खुला र पारदर्शी संस्कृतिको विकास हुन आवश्यक : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

भ्रष्टाचार रोक्न खुला र पारदर्शी संस्कृतिको विकास हुन आवश्यक : उपराष्ट्रपति यादव


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले भ्रष्टाचार रोक्न समाज र देशमा खुला एवं पारदर्शी संस्कृतिको विकास हुन आवश्यक रहेको जनाएका छन् ।

भ्रष्टाचारविरुद्ध अभियानको २७औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले भ्रष्टाचार नियन्त्रण नगरेसम्म समाज र देश अघि बढ्न नसक्ने भन्दै भ्रष्टाचार रोक्न समाज र देशमा खुला र पारदर्शी संस्कृतिको विकास हुन जरुरी रहेको बताएका हुन् ।

निजी लाभका लागि सार्वजनिक शक्तिको प्रयोग गर्दा कानुन उलंघन हुनुका साथै सामाजिक मान्यताहरुमा पनि विचलन आउने देखिएको उनको भनाइ छ ।

उनले भ्रष्टाचारले असमानता गरिबी लगाएतका संकटलाई झनै बढाउने भएकाले यो गम्भीर चिन्ताको विषय भएको जिकिर गरे । उपराष्ट्रपति यादवले जवाफदेही संस्थाहरुले भ्रष्टाचार नियन्त्रणका लागि गम्भीर भएर काम गर्नुपर्ने र जो–कोहीलाई पनि सम्बन्धित निकायमा रिपोर्ट गर्न सक्ने अधिकार हुनुपर्ने बताए ।

उनले देशका प्रत्येक व्यक्तिले भ्रष्टाचारको विरुद्धको कामलाई आफ्नो कर्तव्य ठान्न जरुरी रहेको र सबैले आत्म समीक्षा गर्दै भ्रष्टाचारलाई जरैदेखि फाल्न आवश्यक रहेको धारणा पनि राखे ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : १६ बजे

वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

खेलाडीले पठाओ चलाएर परिवार पाल्नुपर्ने अवस्था छ

खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग गराउने आश्वासन दिँदादिँदै नेपाल

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल