फुटबल लिग सकिएको सात महिना बित्यो, खेलाडीले पाएनन् घोषणा भएको पुरस्कार ! « Khabarhub

फुटबल लिग सकिएको सात महिना बित्यो, खेलाडीले पाएनन् घोषणा भएको पुरस्कार !



काठमाडौं – विश्व खेलकुदलाई हेर्ने हो भने अन्य खेलको तुलनामा प्रायोजकले साथ दिएको खेल हो, फुटबल ।

फुटबल विश्वभरका खेलप्रेमीहरुको रोजाइमा पर्ने मुख्य खेल हो वा खेलको राजाको रुपमा फुटबललाई लिने गरिन्छ । नेपालमा पनि अन्य खेलभन्दा धेरै रुचाइने खेल हो, फुटबल ।

अन्तर्राष्ट्रिय स्तरमा खासै ठूलो फड्को मार्न नसकेको नेपाली फुटबल दक्षिण एसियाली क्षेत्रमा समेत संघर्षरत छ ।

नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मा हुने चरम राजनीतिका कारण पेल्सिएको घरेलु फुटबल लामो समय सुस्ताएको थियो ।

खेलाडी‘म्याच फिक्सिङ’ मा संलग्न हुन पुग्दा नेपाली फुटबलको आलोचना भएको थियो भने फुटबल लिग सञ्चालन हुन नसक्दा नेपाली फुटबल नै धाराशायी बन्ने अवस्था बनेको थियो ।

कर्मा छिरिङ शेर्पाको नेतृत्व आएपपछि गएको बर्ष घरेलु फुटबल बल्ला अलिअलि उठ्यो ।

गएको वर्ष २०७५ साल असोज १३ गतेदेखि नेपालको शीर्ष डिभिजन लिग भयो । १४ टिमले सहभागीता जनाएको सहिद स्मारक ए डिभिजन लिगको उपाधि आठौं पटक मनाङ–मस्याङ्दी क्लबले उचाल्यो ।

उपाधी विजेता मनाङले ट्रफीसहित ५० लाख रुपैयाँ नगद पुरस्कार पाएको थियो । उपविजेता सिएमजी संकटा क्लबले ३५ लाख रुपैयाँ पुरस्कार पाउँदा तेस्रो स्थानमा रहेको थ्री स्टार क्लबले २५ लाख, चौथो स्थानमा रहेका त्रिभुवन आर्मी क्लबले १५ लाख, पाचौँ एपीएफ क्लबले ७ लाख र छैठौं नेपाल पुलिस क्लबले ५ लाख पुरस्कार पाएका थिए ।

यस्तै, विधागततर्फका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकका लागि एन्फाले ५० हजारसहित बजाज पल्सरको एनएस २०० मोडलको बाइक उपहार दिने घोषणा गरेको थियो ।

अन्य पुरस्कार एन्फाले तत्कालै उपलब्ध गराए पनि अहिलेसम्म विधागत तर्फको उत्कृष्ट खेलाडीहरुले पाउने भनिएको पुरस्कार भने झण्डै ७ महिना भइसक्दा पनि खेलाडी तथा प्रशिक्षकले पाउन सकेका छैनन् ।

एन्फा यो बर्षको लिगको तयारीमा लागिरहँदा गत सिजनमा उत्कृष्ठ भएका खेलाडीले पुरस्कार पाउन सकेका छैनन् जसले गर्दा खेलाडी र नयाँ प्रतिभामा निराशा छाएको छ । उनीहरु पुरस्कार पाउँछौं कि पाउँदैनौं भन्नेमा समेत ढुक्क छैनन् ।

सहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजक पल्सर आफैले दिने भनेको ५ वटा वाइक अहिलेसम्म दिएको छैन । लिग सम्पन्न भएको झण्डै ७ महिना पूरा भइसक्दा पनि घोषणा भएको पुस्कार नपाउँदा विजेता खेलाडीले त्यसलाई लगभग बिर्सिसके ।

वाइक दिने घोषणा गरेपनि अहिलेसम्म पाउने नपाउने नै निश्चित नभएको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ–मस्याङ्दी क्लबका मिफिल्डर हेमन गुरुङ बताउँछन् । ‘उत्कृष्ट पुरस्कार स्वरुप ५० हजार नगद पाए पनि वाइक भने पाएको छैन,’ गुरुङले अगाडि भने,‘वाइक दिने त भनेको हो । तर, अहिलेसम्म दिने नदिने कुनै अत्तो पत्तै छैन ।’

खेलाडीलाई दिने भनिएको पुरस्कार समयमा नदिँदा उनीहरु मनोवैज्ञानिक रुपमा कमजोर हुने राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ बताउँछन् । ‘पक्क पनि नेपाली खलकुदमा यस्तो प्रवृत्तिले समस्या पारिरहेको छ । खेलाडी उत्कृष्ट घोषणा हुने वित्तीकै पुरस्कार पाउँदाको माहौल नै छुट्टै हुन्छ,’ पूर्व कप्तान गुरुङले भने,‘पुरस्कार घोषणा भएको लामो समयसम्म नदिँदा खेलाडीहरुको मनोवल कमजोर हुन्छ । जुन माहौल बन्नु पर्ने हो त्यो रहँदैन ।’

केही समय अगाडि नेपाल सरकारले १२ औं साफ च्याम्पियन टोलीलाई ३ बर्ष पछि पुरस्कार दिँदा खेलाडीहरुले भनेका थिए, प्रतियोगिता लगत्तै पाएको भए पुरस्कारको पनि अर्थ राख्छ नभए यो पाउँदा पनि कुनै उत्साह नै नरहने उनीहरुको प्रतिक्रिया थियो ।

पूर्व कप्तान गुरुङले आफुले सन् २००६ मा उच्च गोलकर्ताको पुरस्कार पाउँदा दशरथ रंगशालाबाटै वाइकमा घर गएको प्रशंग उल्लेख गरे । उनले त्यतिबेला लिगमा ३२ गोल गरेका थिए ।

‘त्यतिबेला मेरो घरको माहौल नै फरक थियो । हेलमेट नलगाइ घर जाँदा ट्राफिकले वाइक उपहार पाएको भने पछि बधाई दिँदै घर जान दिएका थिए,’ गुरुङले भने,‘तर, धेरै ढिलासम्म नपाउँदा परिवारमा समेत तैले पाएको पुरस्कार किन दिएन भनेर कुरा हुन्छ । त्यस्तो बेलामा त्यो खेलाडीलाई कस्तो महसुस होला ? यस्ता कुराहरुमा सबैले ध्यान दिन जरुरी छ ।’

यस्तै, विधागत तर्फ उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाएका लिग च्याम्पियन क्लब मनाङ मस्याङ्दी प्रशिक्षक सुमन श्रेष्ठले पुरस्कार पाउने समयमा नपाउँदा हौसला नरहने बताएका छन् ।

‘उपहार पाउने एन्फाले घोषणा गरेको थियो । दिने भन्ने पनि छ । तर, अहिलेसम्म हामीले पाएका भने छैनौं,’ श्रेष्ठले भने ।

यता, एन्फाका प्रवक्ता किरण राई भने केही समय भित्रै खेलाडीका लागि घोषणा भएका पुरस्कार दिलाउने बताउँछन् । राईले भने ‘अहिले हामी वाइक उपलब्ध गराउने प्रक्रियामा छौं । अझै केही समय लाग्न सक्छ ।’

ए डिभिजन लिगको ‘टाइटल स्पोन्सर’ पल्सरले उपहार स्वरुप घोषणा भएका वाइक दिन आनाकानी गरेका कारण ५ वटा वाइक दिन ढिलाइ भएको स्रोतले बताएको छ । यो कुरालाई एन्फा प्रवक्ता राईको अभिव्यक्तिले पनि पुष्टी गर्छ । उनले भने,‘प्रायोजकले पुरस्कार दिनु पर्ने हो । तर, ढिला गरिरहेको छ । यद्यपी छिट्टै उनीहरुलाई उपलब्ध गराउने गरि पहल गरिरहेका छौं ।’

यी पाँच वाइक दिन बाँकी

उत्कृष्ट प्रशिक्षक – सुमन श्रेष्ठ (मनाङ मस्र्याङ्दी)
उत्कृष्ट गोलकिपरः– विशाल श्रेष्ठ (मनाङ मस्र्याङ्दी)
उत्कृष्ट रक्षकः– रन्जित धिमाल (थ्री स्टार )
उत्कृष्ट मिडफिल्डरः– हेमन गुरुङ (मनाङ मर्स्याङदी)
उत्कृष्ट फरवार्डः– भरत खवास (त्रिभुवन आर्मी क्लब)

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ६ : ३५ बजे

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको