फेवातालको मापदण्ड कायम गर्न मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा समिति गठन « Khabarhub

फेवातालको मापदण्ड कायम गर्न मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा समिति गठन


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कास्की – फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा आज भएको प्रदेश सुरक्षा समितिको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका प्रमुख सचिव, नेपाली सेनाका पश्चिम पृतनापति, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता, कास्कीका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ वाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश कार्यालयका अनुसन्धान निर्देशक, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ताल संरक्षण विकास समितिका कार्यकारी निर्देशक सदस्य रहनेछन् ।

समितिको सदस्यसचिवमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा रहने छन् । समितिले अन्य कार्यविधि तथा कार्ययोजना तय गर्दै जाने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : ५६ बजे

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौँ– राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ ।