'नागरिकता वितरणमा पुरुष र महिलाबीच विभेद छ, सुधार गरिनुपर्छ' | Khabarhub Khabarhub

‘नागरिकता वितरणमा पुरुष र महिलाबीच विभेद छ, सुधार गरिनुपर्छ’


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिकता वितरणमा पुरुष र महिलाका नाममा विभेद रहेको भन्दै संविधान एवं कानुनमै सुधार गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

‘लैङ्गिक विभेदपूर्ण नागरिकता कानुनको संशोधनसम्बन्धी छलफल’ कार्यक्रममा सांसदहरुले पटकटकको आन्दोलनले नागरिकलाई अधिकार दिएको भने पनि नागरिकताका सवालमा समानताको व्यवहार हुन नसक्दा समस्या आएको बताए ।

महिला, कानुन र विकास मञ्चले आज  आयोजना गरेको कार्यक्रममा सांसद एवं नेपाली कांग्रेसका सचेतक सुशीला थिङले आमाका नाममा नागरिकता लिँदा बाबुका बारेमा आमा र बच्चाले स्वघोषणा गर्नुपर्ने एवं पछि कैफियत भेटिएर मुद्दा चलेमा एक वर्ष जेल र जरिवाना पनि तिर्नुपर्ने जस्ता व्यवस्थाले समानता नदेखिएको बताइन् । नागरिकताका विषयमा देखिएका असमान व्यवस्थाका विषयमा सबै दलका सांसदबीच साझा धारणा बनाउने प्रयास भइरहेको जानकारी पनि उनले दिइन् । संविधानमै लेखे जसरी नै सहज रूपमा नागरिकता वितरण गरिनुपर्ने सांसद थिङको भनाइ थियो ।

नेकपा (एमाले) का तर्फबाट निर्वाचित सांसद विद्या भट्टराईले नागरिकताका विषयमा हुने गरेका विभेदपूर्ण व्यवहारकै कारण नागरिकले सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायत अधिकार पाउन नसक्ने अवस्था रहेको बताइन् । नागरिकताका सवालमा संविधानमा प्रयोग भएको भाष्यले सबै नागरिकलाई समान अधिकार दिने विषय व्यावहारिक कार्यान्वयनमा पनि आउनुपर्ने उनले बताइन् ।

कार्यक्रममा अधिकारकर्मी तुलसालता अमात्य, अधिवक्ता सुषमा गौतम र विनोद देवकोटालगायतले नागरिकताका विषयमा भएका लैङ्गिक विभेदपूर्ण व्यवस्थाको अन्त्यका लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : १७ बजे

सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा परे नेपालमै कार्यरत ३१ जना

ललितपुर– विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपालमा कार्यरत वैज्ञानिकहरू

उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

गोरखा – उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको

महाधिवेशनको मितिले कांग्रेसमा भाँडभैलो

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति

एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

काठमाडौं – एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आजदेखि नेपालले गरेको

अशोक राईको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच एकताको तयारी

काठमाडौँ– विभिन्न १० कम्युनिस्ट घटक दल मिलेर बनेको नेपाली कम्युनिस्ट