स्रष्टाको सम्मान गर्ने सरकारी प्रतिबद्धता « Khabarhub

स्रष्टाको सम्मान गर्ने सरकारी प्रतिबद्धता


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

रेडियो नेपालमा आज आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयमा स्रष्टासँग भएको छलफलमा मन्त्री शर्माले राज्यले स्रष्टाको सम्मान गर्ने बताएकी हुन् । उनले भनिन् , “गीतसङ्गीतको प्रवद्र्धनका साथै सूचना र मनोरञ्जनको क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण छ, अब रेडियो नेपालले सञ्चार क्षेत्रमा भएको विकासअनुरुप आफूलाई परिस्कृत गर्दै जनताको आवाज मुखरित गर्ने माध्यम बन्नुपर्छ ।”

सरकारका प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गर्दै आएकी मन्त्री शर्माले लेखकस्वका सम्बन्धमा कुनै समस्या भएमा त्यसलाई समाधान गर्न सञ्चार मन्त्रालय तत्पर रहेको बताइन्।

छलफलमा सहभागी स्रष्टा तथा कलाकारले रेडियो नेपाल गीतसङ्गीत क्षेत्रका लागि सबैको साझा चौतारी हो भन्दै स्रष्टाका सृजनालाई रेडियो नेपालले संरक्षण एवं सम्बद्धन गर्नुपर्नेमा जोड दिइन् ।

छलफलमा गायिका मीरा राणा, रोयल्टी समाजका अध्यक्ष तथा सङ्गीतकार सुरेश अधिकारी, सङ्गीतकार लक्ष्मण शेष, कलाकारहरू महेश खड्का, गायक सत्यराज आचार्य, धीरेन्द्र प्रेमर्शी, प्राध्यापक ध्रुवेशचन्द्र रेग्मीले राज्यले स्रष्टाको सम्मान गर्नुपर्ने बताए ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले स्रष्टाको सम्मान गर्न रेडियो नेपाल सदैव तत्पर रहेको बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १० : १४ बजे

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणी रवि लक्षित : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले खुलामञ्चबारे प्रधानमन्त्री वालेन्द्र शाहले

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती