युगाण्डा टी–२० विश्वकपमा छनोट, जिम्बाब्वे बाहरियो « Khabarhub

युगाण्डा टी–२० विश्वकपमा छनोट, जिम्बाब्वे बाहरियो


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी क्षेत्रबाट युगाण्डा टी–२० विश्वकपमा छनोट भएको छ ।

युगाण्डाले विश्वकप छनोट अन्तर्गतको अन्तिम खेलमा बिहीबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो ।

योसँगै युगाण्डा पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा छनोट भएसँगै टेस्ट खेल्ने देश जिम्बाब्वे टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । जिम्बाब्वे यसअघि ६ पटक टी–२० विश्वकप खेलेको थियो ।

साथै यसअघि २००७ मा टी–२० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनोट हुन असफल भएको छ । ७ देशले विश्वकपको छनोटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया भने यसअघि नै बाहिरिसकेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ४ : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु