युगाण्डा टी–२० विश्वकपमा छनोट, जिम्बाब्वे बाहरियो « Khabarhub

युगाण्डा टी–२० विश्वकपमा छनोट, जिम्बाब्वे बाहरियो


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी क्षेत्रबाट युगाण्डा टी–२० विश्वकपमा छनोट भएको छ ।

युगाण्डाले विश्वकप छनोट अन्तर्गतको अन्तिम खेलमा बिहीबार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै २०२४ मा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुदै ६५ रन मात्र बनाएको थियो ।

योसँगै युगाण्डा पहिलो पटक टी–२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी क्षेत्रबाट नामिबिया र युगाण्डा छनोट भएसँगै टेस्ट खेल्ने देश जिम्बाब्वे टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । जिम्बाब्वे यसअघि ६ पटक टी–२० विश्वकप खेलेको थियो ।

साथै यसअघि २००७ मा टी–२० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनोट हुन असफल भएको छ । ७ देशले विश्वकपको छनोटमा भाग लिएकोमा रुवाण्डा, तान्जानिया, नाइजेरिया भने यसअघि नै बाहिरिसकेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ४ : २६ बजे

फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

काठमाडौं – फिफा विश्वकप फुटबल २०२६ काे मैदानबाट ४४ वटा

सार्वजनिक लेखासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा– समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

बस्ती जोगाउन तटबन्ध निर्माण

पाँचथर– पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला