नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथिको सुनुवाइ पूरा भएको छ ।

न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेको इजलासले बिहीबार सुनुवाइ पूरा गरेको हो । यससँगै अदालतले शुक्रबार आदेश सुनाउने भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको आरोपमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

काठमाडौं जिल्ला अदालतको सो आदेशविरुद्ध उनीहरुले पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । उक्त पुनरावेदनमाथिको सुनुवाइ बिहीबार पूरा भएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ५ : २० बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी