बाँकेमा एचआइभी पोजेटिभ घट्दै « Khabarhub

बाँकेमा एचआइभी पोजेटिभ घट्दै


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा थप एक सय नौ जनालाई एचआइभी पोजिटिभ देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा १७ हजार तीन सय २८ जनामा एचआइभी परीक्षण गर्दा एक सय नौ पोजिटिभ भेटिएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज यहाँ आयोजना गरिएको पत्रकारसँंगको अन्तरक्रियामा स्वास्थ्य कार्यालय बाँकेका एचआइभी सम्पर्क व्यक्ति रविन्द्र साहले बाँकेमा अहिले पाँच सय ५६ एचआइभी सङ्क्रमितले एआरटी सेवा लिइरहेको जानकारी दिए ।

पाँच सय ५६ मध्ये चार सय १० बाँके जिल्लाका भएको बताइएको छ । भेरी अस्पतालमा सन् २००४ देखि एआरटी सेवा सुरु भएको हो । सरकारले एआरटी सेवा निःशुल्क रुपमा प्रदान गरिरहेको छ । बाँकेमा एचआइभी एड्सबाट अहिलेसम्म एक सय ७२ जनाको मृत्यु भएको तथ्याङ्क छ । भेरी अस्पताल नेपालगञ्जका एचआइभी सम्पर्क व्यक्ति डा सङ्केत रिसालले भेरी अस्पतालको २० नम्बर कोठाबाट रोग पहिचान, परामर्श र निःशुल्क औषधी वितरण गरिरहेको बताए ।

उनले परामर्शकर्ताद्वारा नियमितरूपमा गोप्य परामर्श दिइरहेको जानकारी दिए । ‘गुम्सिएर नबसौँ, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधी सेवन गरे रोग नियन्त्रण हुन्छ’, उनले भने। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बाँकेमा एड्स सङ्क्रमण दर घट्दो क्रममा रहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले समाजमा एड्सप्रतिको नकारात्मक धारणा परिवर्तन हुँदै गएको बताउँदै समुदायस्तरमा परीक्षण र परामर्शलाई व्यापक बनाइएको जानकारी दिए। चन्दले नेपालगञ्ज उपमहानगरपालिकाले एचआइभी सङ्क्रमितलाई प्रोत्साहन भत्ता दिँदै आएको बताए ।

एएचएफका कार्यक्रम संयोजक सञ्जय पौडेलले बाँकेमा एचआइभी सङ्क्रमणदरमा उल्लेख्य सुधार भएको जानकारी दिए । समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ भन्ने नाराका साथ डिसेम्बर १ तारिख अर्थात भोलि ३६औँ विश्व एड्स दिवस मनाइँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : ३६ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न