केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै « Khabarhub

केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । फाइनलमा मधेस प्रदेश र नेपाल आर्मी आज भिड्दै छन् ।

पोखरा रङ्गशालामा हुने यो खेल साढे १२ बजेदेखि शुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जानकारी दिएको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मधेस प्रदेशले एपीएफलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’२० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । प्रतियोगिता यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको हो । 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ४९ बजे

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गैली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : ओली

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी

आईसीसी टी–२० विश्वकप : भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतकाे खेलमा भारतले पाकिस्तानलाई जितका