प्रदेश पर्यटन विधेयक प्रमाणीकरण « Khabarhub

प्रदेश पर्यटन विधेयक प्रमाणीकरण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

व‍िराटनगर- प्रदेश नं– १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधवेयक, २०७६’ आज प्रमाणीकरण गरेका छन् ।

प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि आवश्यक कानूनको अभाव खड्किरहेको बेला प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण भएको हो । उक्त विधेयक प्रमाणीकरणपछि प्रदेश सरकारलाई धार्मिक, सांस्कृतिक र अन्य महत्वपूर्णस्थलको विकास गर्न बाटो खुला भएको छ ।

प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीका अनुसार उक्त विधेयकसहित प्रदेश १ मा ३४ विधेयक प्रमाणीकरण भइसकेका छन् ।प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम यही असार २९ गते बसेको चौंथो तथा बजेट अधिवेशनको २४औं बैठकले विधेयक पास गरेको थियो ।

प्रदेश प्रमुखले प्रदेशसभाबाट पारित भई आएको सो विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको रेग्मीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ४८ बजे

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

संसद् विघटनबारे राष्ट्रपतिले सर्वाेच्चलाई दिएको जवाफमा के छ ?

काठमाडौँ- संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले २२ गतेलाई तारेख दिएको