काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना « Khabarhub

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई एचआईभी/एड्सविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । बीस वर्षदेखि जिल्लामा एचआईभी/एड्स सङ्क्रमण न्यूनीकरणविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको सक्रिय प्लस नामक संस्थाले बनेपास्थित आदर्श विद्या मन्दिरमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सचेतना गराएको हो ।

कार्यक्रममा संस्थाका सचिव एवं एड्स सङ्क्रमित राजकुमार खत्री र सामाजिक अभियन्ता कमल बञ्जाराले एचआईभी/एड्स सङ्क्रमणको कारण, लक्षण, उपचार तथा सङ्क्रमणबाट जोगिने उपायका बारेमा प्रशिक्षण दिएका थिए । सो अवसरमार आयोजित ‘सङ्क्रमितहरूको मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सङ्क्रमितको अवस्था र उपचारमा पहुँचबारे जानकारी गराएका थिए ।

संस्थाका अनुसार काभ्रेपलाञ्चोकमा एचआईभी सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । एचआईभी सङ्क्रमितमध्ये ४६ पुरुष र ४७ जना महिला छन् । एकजना छ वर्षीया बालिका छिन् । अठार वर्षदेखि ५७ वर्ष उमेर समूहका ९२ जना छन् । अन्य जिल्लाका केहीले काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालबाट सेवा लिइरहेका छन् । जिल्लाका केही सङ्क्रमितले अन्यत्र सेवा लिइरहेको जनाइएको छ । एचआईभी÷एड्सका कारण हालसम्म जिल्लाका १५ जनाले ज्यान गुमाएका छन् ।

एचआईभी सङ्क्रमणको मुख्य कारण वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले असुरक्षित यौन सम्पर्क तथा लागूऔषधको प्रयोगबाट हुने गरेको पाइएको बञ्जाराले बताए । धुलिखेल अस्पतालले एचआईभी सङ्क्रमितलाई ‘एआरटी’ नामक औषधिको सेवा तथा परामर्श र उपचार सेवा उपलब्ध गराउँदै आएको छ । उनका अनुसार सङ्क्रमित खुल्न चाहँदा समयमै उपचार हुने भएकाले अभियान्ताले परीक्षण र पहिचानमा जोड दिँदै आएका छन् ।

पनौतीका खत्रीले १७ वर्षदेखि एरआटी सेवा लिइरहेका छन् । उनले जिल्लामा एचआईभी सङ्क्रमितका लागि विभेद नभएको बताए । उनका अनुसार सङ्क्रमित खुल्न नचाहँदा छिट्टै मृत्यु हुने गरेको छ । संस्थाले विद्यालयका बालबालिका तथा युवा बेरोजगार हुँदा र गलत सङ्गतका कारण सहज रूपमा लागूऔषधको प्रयोगमा पुग्न सक्ने भएकाले अभिभावक र सरोकारवाला निकायले ध्यान दिनुपर्ने अपिल गर्दै आएको छ ।

जिल्लामा २० जना बालबालिका सङ्क्रमित अभिभावकबाट जन्मिएका भए पनि सङ्क्रमित नभएको सक्रिय प्लसले जनाएको छ । संस्थाले दिवसका अवसर न्यानो कपडा वितरण तथा साँझ दीप प्रज्ज्वलनको कार्यक्रम गर्ने जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ०९ बजे

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको