राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाई  « Khabarhub

राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीलाई हराउँदा केपी ओली कपको उपाधि मधेशलाई 


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

कास्की – राष्ट्रिय खेलाडीको वर्चस्व रहेको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले केपी ओली कप टि२० प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रङ्गशालामा भएको खेलमा मधेशले आर्मीलाई ११ रनले हराएको हो ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनाउन सक्यो । आर्मीका कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विवेक यादव २५ र सोमपाल कामी १६ रनमा अविजित रहे । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

मधेशका हरिशंकर शाहले ४ विकेट लिए । प्रदीप पासवानले २ विकेट लिँदा प्रतिक यादवले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मधेशका लागि विशाल पटेलले नटआउट रहँदै ४९ रन बनाए । हरिशंकर शाहले २७ रन बनाउँदा हिमांशु दुक्तले १४ रन बनाए ।

आर्मीका विवेक यादव र सहब आलमले समान ३–३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले पनि समान १-१ विकेट लिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ५९ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर