घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ | Khabarhub Khabarhub

घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगको पोखराबाट खटिएको टोलीले आइतबार निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई रु एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ गरेको हो ।

सो कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप लागेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ५५ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी