कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव « Khabarhub

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दुबई- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–३३ आयोजना गर्न शुक्रबार प्रस्ताव गरेका छन् ।

दुबईमा आयोजित जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–२८ सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री मोदीले हरेक देशले जलवायु परिवर्तनको लक्ष्य पूरा गर्नुपर्ने र एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।

उनले भने, “आज सारा विश्वले हामीलाई हेरिरहेको छ । पृथ्वी माताले आफ्नो भविष्यको रक्षाका लागि हामीतिर हेरिरहनुभएको छ । हामी सफल हुनैपर्छ ।”

“भारतले सन् २०२८ मा कोप ३३ को आयोजना गर्नेछ र यो कुरा म आज यही मञ्चबाट प्रस्ताव गर्दछु ।’’ उनले भने ।

यसै वर्ष जी–२० शिखर सम्मेलनको आयोजना गरेको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको नेताका रूपमा मोदीले विश्व मञ्चमा भारतको छवि उकास्न खोजेका छन् ।

जलवायु परिवर्तनसँग जुध्न केन्द्रित संयुक्त राष्ट्रसङ्घले आयोजना गर्ने वार्षिक वार्ता कोपलाई विश्वका विभिन्न क्षेत्रहरूमा आलोपालो गरिन्छ र यसले विश्वका राजनीतिक नेतृत्व र उद्योग प्रमुखहरूसहित दशौं हजार प्रतिनिधिहरूलाई आकर्षित गर्दछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ०३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा