अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयलाई लक्षित गरी आक्रमण « Khabarhub

अफगान राष्ट्रपतिका सहयोगीको कार्यालयलाई लक्षित गरी आक्रमण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगान राष्ट्रपतिका सहयोगी अमरुल्लह सालेहको पार्टी कार्यालयमा विस्फोट भएको छ ।

कार्यालयमा आइतबार भएको आक्रमणमा परी कम्तीमा २ जना मारिएको तथा अन्य २५ जनाभन्दा धेरै घाइते भएको अफगान अधिकारीले जनाएका छन् ।

स्थानीय समयअनुसार दिउँसो करिब ४ बजेर ४० मिनेट जाँदा सालेहको ‘ग्रीन ट्रेन्ड’ पार्टी कार्यालय नजिकै पहिलो विस्फोट भएको र विस्फोटपछि केही आक्रमणकारी उक्त कार्यालयमा प्रवेश गरेको अफगान गृहमन्त्रालयले जनाएको छ ।

सालेह अफगान ग्रीन ट्रेन्ड पार्टीका नेता उनी आगामी सेप्टेम्बर महिनामा हुन लागेको निर्वाचनमा उपराष्ट्रपतिका लागि उम्मेद्वारी दिएका छन् ।

उनी राजनीतिमा प्रवेश गर्नुअघि अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेको बताइएको छ । आक्रमणबाट सालेह भने सुरक्षित छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : ०८ बजे

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी

सञ्चारगृहका गेटमा गाडी तेर्स्याइएको घटनाबारे छानबिन हुनुपर्छ : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारगृहका गेटसामु गाडी

संविधानसभाका तीन सदस्यलाई दोषी ठहर गर्ने जिल्ला अदालतको निर्णय सदर

काठमाडौं– उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी